भिवानी नगर समितिको १३ औं सम्मेलन सम्पन्न

0
566
भिवानी, २९ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समितिको १३ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले मोहनसिंह विकको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– मनिराम अधिकारी, सचिव– भिम बहादुर रायमाझी, सहसचिव– भूप बहादुर थापा र कोषाध्यक्ष– शालिकराम आचार्य रहेका छन् ।
त्यस्तै सदस्यमाः मान बहादुर रायमाझी, बसन्ता आचार्य, चोप बहादुर पाण्डे, भुवन भण्डारी, उर्मिला कोपिला, गोवर्धन विक, सावित्रा अधिकारी, तुल बहादुर थापा, प्रेम कुमार दंगासे, रमेश जिसी, दिल बहादुर भट्टराई, विर बहादुर कोपिला, वैकल्पिक सदस्यहरुमाः प्रकाश केसी, कमला परियार, भूवन खड्का, मदन विक र जमन सिंह विक रहेका छन् । त्यस्तै सम्मेलनले कल्पना रायमाझी, जुम बहादुर रासकोटी, गोपाल सोनी, रामु जिएम, यम बहादुर रायमाझी, राधा विक र लालचन्द पन्थलाई सल्लाहकार चयन गरेको छ । नयाँ समितिको घोषणा क्षेत्रीय समितिका अध्यक्ष लालचन्द पन्थले गर्नुभएको थियो ।
सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो । केसीले भारतमा एकता समाजको आवश्यकता र महत्वको बारेमा प्रष्ट्याउनु भएको थियो । प्रवासी नेपालीहरुले आ–आफ्नो स्थानबाट मताधिकार पाउनु पर्ने आन्दोलनमा सम्पूर्ण प्रवासी संगठित आन्दोलनमा लाग्न समेत केसीले आग्रह गर्नु भयो ।
सम्मेलनमा विशिष्ट अतिथि पूर्व सांसद हरि आचार्यले देशको समसामयीक राजनीतिक अवस्थाका बारेमा मन्तव्य दिनुभएको थियो । नेपाल र नेपालीहरुको राजनीतिक भविष्य ठूला राजनीतिक दलहरुका अदुरदर्शि राजनीति कै कारण विकराल बन्दै गएको बताउनु भएको थियो । “राजनीतिक पार्टीहरुले नेपाली जनताको मर्म विपरित काम गरि विदेशीहरुको चाहना अनुसार नेपालमा संघीयता भित्र्याएसँगै नेपाली राष्ट्रियता माथि नै खतरा मडराएको छ ।” नेपाली जनताका चाहना विपरित भित्र्याएइको संघीयता नेपाली जनताले नै खारेज गर्ने आचार्यले बताउनु भयो ।
उद्घाटन समारोहको सञ्चालन भिम बहादुर रायमाझीले र अध्यक्षता मोहन सिंह विकले गर्नुभएको थियो । क्षेत्रीय समितिका अध्यक्ष लालचन्द पन्थ, केन्द्रीय परिषद सदस्य विवि कोपिला, महिला क्षेत्रीय विभागकी हस्तु देवी विकले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यस्तै घोषणा सभाको सञ्चालन मनिराम अधिकारीले र अध्यक्षता मोहनसिंह विकले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित जनसमुदायलाई गोवर्धन विक र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभयो ।
नयाँ समितिलाई दुर्गा बहादुर केसी, हरि आचार्य, लालचन्द पन्थ, विवि कोपिला र हस्तु देवी विकले सफल बधाई मन्तव्य दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here