भिवाडीमा भलिवल प्रतियोगिता सम्पन्न

0
348

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा नगर स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सो खेल कार्यक्रमको अध्यक्षता खेल बिभागका अध्यक्ष डम्बर के.सीले गर्नु भएको थियो भने सञ्चालन काशीराम पार्धेले गर्नु भएको थियो । उपस्थित सम्पुर्ण खेलाडी एबं समर्थक साथीहरूलाई किशोर राईले स्वागत गर्नुभएको थियो ।

खेल कार्यक्रममा केन्द्रीय सदस्य नारायण शर्मा र पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष बाबुराम बस्नेतको आतित्थ्यता रहेको थियो । केन्द्रीय सदस्य नारायण शर्माले खेलको बिधिबत उद्घाटन गर्नु भएको थियो । खेल कार्यक्रमको उद्घाटन गर्नु हुँदै उहाँले खेलको माध्यमबाट पनि हामी प्रवासी नेपालीहरुमा एकता गराउंने साथै यसबाट शारीरिक स्वास्थ पनि रहने बताउंनु भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यस्ता प्रकारको गतिविधि गरेर आपसमा भाइचारा बढाउँदै लैजाने र सबै प्रवासी नेपालीहरुलाई एकताको झण्डा मुनी गोलबन्द हुन आग्रह गर्नुभएको थियो ।

तस्विरः काजीराम श्रेष्ठबाट (विजयी खेलाडीहरु)

सो खेलमा जम्मा ८ टिमले भाग लिएका थिए । कडा प्रतिस्पर्धाको बिच भएको सो खेलमा सोतनाला टिमले प्रथम पुरस्कार हात पार्न सफल भएको थियो भने युआटि (बि) टिम द्वितीय र निमराना (बि) टिम तृतीय हुन सफल भएको थियो । बेस्ट रेफ्री बुद्ध थापा र बेस्ट अनुशासन खेलाडीमा निमराना (बि) बाट बम बहादुर घर्ती रहनु भएको थियो । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः क्षेत्रीय सदस्य वसन्त श्रेष्ठ, महिला बिभागका अध्यक्ष देव मायाँ बगाले र नगर समितिका अध्यक्ष काजीराम श्रेष्ठले पुरस्कार बितरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here