भिवाडीमा तीजी कार्यक्रम भव्य रुपमा सम्पन्न

0
462

भिवाडी, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी अन्तर्गत महिला नगर बिभाग द्वारा २०७५ को हरितालिका तिजि कार्यक्रम भब्य एवं शानदार रुपमा सम्पन्न गरेको छ । सञ्चालक कल्पना केसि रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता देब मायां बगालेले गर्नु भएको थियो ।

कार्यक्रममा अतिथि आसन ग्रहण पछि उपस्थिति जनसमुदायलाई महिला नगर बिभागका मञ्जु पोख्रेलले स्वागत भाषण मार्फत स्वागत गर्नु भएको थियो । लगत्तै कलाकारहरुद्वारा स्वागत गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य नारायण शर्मा ज्युले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त अवसरमा उहाँले तिजि कार्यक्रममा खास गरी बिकृती र छाडापनको बिगबिगी बढेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो । तिजि कार्यक्रमले शोषित पीडित बर्गको आवाज तथा देश र जनताको संदेश छर्नु पर्ने सुझाव दिनु भएको थियो । शर्माले देशको बर्तमान परिस्थिति एवं प्रवासमा नेपालीहरुले भोग्नुपरेको समस्याहरुको बारेमा र त्यस्ता समस्याहरुबाट कसरी मुक्ती पाउन सकिन्छ भन्ने बारेमा पनि आफ्नो बिचार राख्नु भएको थियो ।

कार्यक्रममा क्रमश: मध्यपश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष बाबुराम बस्नेत, विद्यार्थी बिभाग केन्द्रीय सहसचिव कृष्टि राई, क्षेत्रीय समितिबाट राम प्रसाद घिमिरे, किशोर राई र रक्तिम क्षेत्रीय बिभागबाट राम बहादुर थापाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यस्तै गरि क्षेत्रीय सदस्य एवं निमराना नगर समितिका अध्यक्ष देबराज पुन, महिला बिभाग क्षेत्रीय सदस्य तिला केसी, भिवाडी नगर अध्यक्ष काजीराम श्रेष्ठ, प्रवासी नेपाली संघ नगर समिति धारुहेडाबाट सचिव राम प्रसाद कंडेल, हाउसिं बोर्ड टोल समितिका अध्यक्ष विश्वनाथ घिमिरे, नारायण बिहार टोल समितिबाट लक्ष्मण सारु, चोपाङकी एरिया समितिबाट यामेश आले, विद्यार्थी नगर बिभागका अध्यक्ष पुरन बगाले, खेल बिभागका अध्यक्ष डम्बर केसी र ब्यबस्थापन समितिबाट इन्दिरा खड्काले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here