भिडियो कन्फ्रेन्सद्वारा राजमाे नवलपुरले मनायो मार्क्स जयन्ती

0
169

नवलपुर । राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला समितिको आयोजनामा कार्लमाक्र्सको २०३ औं जन्म जयन्ती सम्पन्न भएको छ । लकडाउनको अवस्थामा विकसित प्रविधिको प्रयोग गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

राष्ट्रिय जनमोर्चा नवलपुरका जिल्ला अध्यक्ष दिपक पाण्डको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको संचालन बुद्धिजिवि संगठनका पूर्व केन्द्रिय सदस्य देवराज पौडेलले गर्नु भयो । भिडियो कन्फ्रेन्स्मा उपस्थित देश तथा विदेशका दादुभाई दिदि बहिनीहरुलाई राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला समितिको तर्फबाट सल्लाहकार रामप्रसाद सापकोटाले स्वागत गर्नु भएको थियो । अध्यक्षताको आसन ग्रहण गर्दै दिपक पाण्डेबाट कार्ल माक्र्सको जन्मजयन्ति मनाउनुको उद्देश्य र महत्ववारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) जिल्ला प्रवक्ता लेखनाथ शर्मा, जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, अनेयुवकसका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरे गैंडाकोट नगरपालिका वार्ड नं.१६ का निर्वाचिन वार्ड अध्यक्ष गणेश ज्ञवालीले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा माक्र्सवादी विचार मञ्च, नेपालका अध्यक्ष युवराज पंथीले लिखित शुभकामना सन्देश पठाउनु भएको थियो ।

अन्य वक्ताहरुमा काठमाण्डौ बाट मनु वि.क.,जापान बाट देवेन्द्र वस्याल, भारत बाट मनिराम सापकोटा, विराटनगर बाट सुरेन्द्र भण्डारी, वेल्जियम बाट हिमाल थापाका साथै विमल शर्मा, नारायण शर्मा गौरिलाल कार्कीले मन्तव्य राख्नु भएको थियो । अन्त्यमा अध्यक्षताको आसनबाट सबैलाई धन्यवाद ज्ञापन गर्दै दिपक पाण्डेद्वारा कार्यक्रमको समापन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here