भालुबाङमा मृत भेटिएको शव शिवबहादुर रोकाको !

0
510
दाङ । देउखुरीको भालुवाङमा केही दिन पहिले मृत भेटिएका एक युवकको मंगलबार पहिचान शिव बहादुर रोकाको रुपमा खुलेको छ ।
               रोका प्यूठान झिम्रुक गाउँपालिका—२ बाँदीकोट घर भई हाल नवलपरासी पश्चिम सुस्ता पुनर्बासस्थित बर्दघाट नगरपालिका—१ बस्ने, बर्ष ४० का शिबबहादुर रोकाको लास रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
             गत कार्तिक ७ गते देउखुरीको राप्ती गाउँपालिका—१ पुरानो भालुवाङ बजारको दक्षिण राप्ती नदी तटबन्ध तारमा झुण्डिएको अवस्थामा मृत फेला परेका व्यक्तिको लाश झण्डै एक हप्तापछि पहिचान खुलेको हो ।
               मृतक शिबबहादुरको २०७५ कार्तिक ७ गते राप्ती गाउँपालिका—१ पुरानो भालुवाङ बजारको दक्षिण राप्ती नदीको तटबन्ध तारमा पाइन्टको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको थियो ।
               मृतक रोका राष्ट्रिय जनमोर्चा नबलपरासी (पश्चिम) जिल्ला कमिटी सदस्य, राष्ट्रिय जनमोर्चा बर्दघाट नगरपालिका कमिटी उपाध्यक्ष र अखिल नेपाल युवक संघ नवलपरासी (पश्चिम) जिल्ला सचिवको जिम्मेवारीमा रहेको राजमो नबलपरासी (पश्चिम) जिल्ला कमिटीका अध्यक्ष रेम रानाले जानकारी दिएका छन् ।
            मृतक शिबबहादुर गत २०७४ मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट नबलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभा प्रत्यक्ष उम्मेदवार समेत बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here