भालुबाङमा महिलाद्वारा महिला माथि कुटपिट घटनामा संलग्न दोषीहरुमाथि अखिल नेपाल महिला संघ दाङद्वारा कडा कार्यवाहीको माग

0
1394
जेठ ३१, दाङ । भालुबाङमा भएको अमानवीय घटनाको राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ जिल्ला समिति दाङले बिज्ञप्ती  निकाली बोरोध जनाएको छ । जिल्ला अध्यक्ष कमला जिसिद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा सामान्य जग्गाको विषयलाई लिएर महिलाले माहिला माथिनै गरेको दुरदुर्ब्यबहारको यो घटनाले महिला आन्दोलनलाई नै लज्जित गरेको बताइएको छ ।
“यसप्रकारको घटनाले हामीलाईज्ञ स्तब्ध पार्नुका साथै गम्भीर ध्यानाकर्षण भएको छ ।” महिला संघले भनेको छः “सार्वजनिक स्थानमा महिलालाई निर्बस्त्र गरि कुटपिट गर्दा कतै उनीहरु मानसिक सन्तुलन गुमाएका त थिएनन ?” प्रस्न उठाउनुका साथै यस्ता अमानवीय घटना घटाउने दोषीहरुलाई कारबाहिको जोडदार माग अखिल नेपाल महिला संघ गरेको छ ।

घटनाको प्रकृति

दाङको भालुवाङमा एउटी महिलालाई एउटैघरका जेठानी–देउरानीले निर्घात कुटपिट गरी घाइते बनाएका छन् । २०७५ जेष्ठ २५ गते अर्घाखा“ची शितगङ्गा नगरपालिका–९, ठारखोला बस्ने ३९ वर्षकी दिलमाया पुन राप्ती गाउ“पालिका–१, भालुवाङ दाङमा भएको आफ्नो घरघडेरी रेखदेख गर्न आएको बेला सोही ठाउ“ बस्ने वर्ष ३५ की रेखा गुप्ता (जेठानी) र वर्ष २९ की अनिता गुप्ता (देउरानी) ले दिलमायालाई कुटेका हुन् ।
‘तेरो घडेरी ५० हजारमा बेच्, हामी किन्न सक्छौ“’ भन्दा ‘मैले बेच्दिनँ, मलाई घडेरी बेच्न आवश्यक छैन’ भन्दा दुवै जेठानी–देउरानीले एक्कासी दिलमायालाई निर्घात कुटपिट गरेका थिए । उनीहरुको थप आक्रमणबाट बच्न दिलमाया सफल भई दौडिएर करिब तीन सय मिटर पर रहेको निर्माणाधीन बसपार्क पुगेकी थिइन् । आक्रमणकारी दुई महिला पिछा गर्दै त्यहा“ पुगेर गुण्डागर्दी शैलीमा दिलमायामाथि पुनः कुटपिट गरिरहे । यहा“सम्म कि दिलमायाको शरीरमा लगाएको कपडा समेत च्यातेर निर्वस्त्र गराई बरबर यातना दिइयो । दिलमायाले आफूले कुटाई खाएर पनि नाङ्गो शरीर ढाकेर अस्मिता जोगाउन टुक्रा परेका कपडा हात र खुट्टाले समाउन प्रयास गर्दा समेत आक्रमणकारीले झनै यातना दिएका थिए ।
घटनास्थल नजिकै रहेको भालुवाङ नगर विकास समितिका अध्यक्ष ओम प्रकाश बुढाथोकी लगायतका केही व्यक्तिहरुले घटना देखेपछि प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले पीडक र पीडितलाई कार्यालयमा लगी सामान्य केरकार गरेर छाडिदिएको थियो । उक्त घटनाको एक बालकले आफनो मोबाइलबाट खिचेको भिडियो जेष्ठ २७ गते फेसबुक मार्फत् भाइरल नै बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here