भारत स्थित कलाकर्मिले भारतमा साँस्कृतिक आन्दोलन कसरी अगाडी बढाउने

0
316

नारायण योगी

भारतमा छरिएर रहेका दुवैथरी प्रवासी नेपालीहरुलाई नेपालको राष्ट्रियता, र त्यहाँ चल्ने गरेका विभिन्न प्रकारका जनपक्षीय आन्दोलनहरुलाई टेवा पुग्ने प्रकारले यहाँ स्थापना भई सक्रियता पूर्वक सामाजिक, राजनैतिक साँस्कृतिक क्षेत्रमा र विभिन्न कार्यक्रमहरु गरेर बेलाबेलामा नेपालमा शसरीर सहभागी हुँदै आएका सामाजिक संगठनहरुलाई स्थापनाकालदेखी नै देशभित्र र प्रवासमा समेत रहेका कलाकर्मिहरुले आफ्नो कलाद्वारा भरथेग गर्दै आएको कुरा इतिहास साक्षी छ ।

शुरु शुरुका अवस्थामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग सम्बद्ध नभएका कलाकर्मीहरु पनि यहाँको सामाजिक आन्दोलनलाई सघाउँ पु¥याएको कुरा हामी सबैलाई अवगत नै छ । पछिल्लो कालखण्डमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग नेपालमा भाइचारा सम्बन्ध रहेको साँस्कृतिक मोर्चा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरु भारतमा आएर बेलाबेलामा विभिन्न प्रकारका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सांगठनिक गतिविधि र स्वयं भारतभरी छरिएर रहेका नेपालीहरुमा राष्ट्रियता, गणतन्त्र र सामाजिक आन्दोलनको लागि अगाडी बढाउन कार्यक्रम प्रचार प्रसारमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरा स्पष्ट छ ।

विगत लामो समयदेखि अखिल भारत स्तरमा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरु जो नगर, क्षेत्रमा कृयाशिल रहेका छन् । उनीहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया, नगर, क्षेत्र वा विभिन्न स्तरका सम्मेलन भेला तथा अन्य कुनै पनि कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरेर सहयोग गर्दै आएका छन् । यसरी कार्यक्रमहरु सञ्चालन गर्नु पुर्व मूल प्रवाहले रक्तिमका कलाकारहरुलाई उनीहरुको कलाको स्तर माथी उठाउनका लागि नृत्य, अभिनय, गीत संगीतको प्रशिक्षणका लागि देशभित्र रहेका रक्तिम साँस्कृतिक अभियानका कलाकर्मिहरुलाई बेला मौकामा यहाँ झिकाएर प्रशिक्षण चलाउने गरेको छ ।

यस शिलशिलामा मूल प्रवाह अखिल भारत स्तरमा दुईवटा क्षेत्रमा महिला विभाग र रक्तिम विभाग अन्तर्गत ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । यसले पनि के बताउँछ भने प्रवासमा रहेका साँस्कृतिक कर्मिहरुलाई यहाँको माउ संगठनले अगाडी बढाउनका लागि गम्भीर रहेको कुरा पनि स्पष्ट हुन्छ । तथापी साँस्कृतिक मोर्चा र अन्य मोर्चाको विचमा के भिन्नता हुन्छ भने साँस्कृतिक मोर्चाका कलाकर्मिहरुलाई विभिन्न प्रकारका बाध्ययन्त्र सामाग्री र कतिपय आवश्यक पर्ने ड्रेसहरु पनि व्यवस्थापन गर्नु पर्दछ ।

रक्तिम साँस्कृतिक अभियानको पहिलेको पृष्ठभूमि हेर्ने हो भने त्यो एउटा साँस्कृतिक गु्रपको रुपमा रहेको थियो र पछि यसको माउ संगठनले देशव्यापी बनाउनु पर्ने कुराको वस्तुगत आवश्यकता र अवस्थालाई बुझेर त्यो देशव्यापी संगठनको रुपमा विकसित हुन पुग्यो । हाल यसको राष्ट्रिय रुपमा केन्द्रिय संगठन देशभित्र विद्यमान अवस्थामा कृयाशील रहेको छ र भारत लगायत संसारका तेस्रो मुलुकहरुमा पनि रक्तिम साँस्कृतिक अभियानको ९त्चययउ० परिवारहरु रहेका छन् भारतमा पनि ति संगठनहरु भोली कुन रुप्मा विकास गर्दछन् भन्ने कुरा रक्तिम साँस्कृतिक अभियान कुन प्रकारले संगठनलाई परिचालीत र परिमार्जित गर्दछ त्यसका आधारमा सांगठनिक संरचनाको भविष्य सुनिश्चित हुनेछ । किनकी दश भीत्र पनि रक्तिम साँस्कृतिक अभियानको एउटा गाउँ संगठन छ र जसको निर्देशनमा र उसको निर्दिष्ट विचारका आधारमा परिचालित रहेको छ । त्यसैगरी भारत वा तेश्रो मुलुकका रक्तिम साँस्कृतिक अभियानको हकमा पनि यहि कुरा सत्य हो । साँस्कृतिक मोर्चाले कसरी कार्य सम्पादन माथि उल्लेखीत कुराहरु त गरिरहेको छ । त्यसको बारेमा केही संक्षिप्त चर्चा भए ।

जहाँसम्म भारत भरि छरिएर रहेका रक्तिममा सामेल भएका वा नभएका पनि कलाकारहरु छन् । तिनीहरुको बारेमा थप चर्चा गर्ने जमर्को गरिएको छ । जसरी भारतमा स्थायी रुपमा बसोबास गरेका वा अस्थायी रुपमा नेपालीले नेपालीको भाषा साँस्कृति परम्परा र नेपाली गीत संगीत साहित्य क्षेत्रमा विगत लामो समयदेखि विकृति आएको कुरा स्पष्ट छ ।

भारतस्थित रक्तिम साँस्कृतिक अभियानका कलाकर्मिहरुको अगाडी चुनौतीका पहाडहरु पनि धेरै छन् भने संभावनाहरु प्नि त्यत्तिकै प्रवल छन् । त्यो के भने, यहाँ काम गर्ने अधिकांश कलाकारहरु विशेषतः पुरामा कलाकर्मिहरु जो विभिन्न पेशा व्यवसाउमा व्यस्त रहुन भएकोले आफ्नो प्रतिभालाई विकास गर्न र जनताको विचमा कार्यक्रम सञ्चालन गर्न समयको अभाव रहेको छ भने अर्को तर्फ नयाँ पिढीका कलाकारहरुमा जो यही जन्मीएर, यही नै शिक्षा दिक्षा भयो र भइरहेको छ । ति कलाकारहरुलाई नेपाली भाषालाई व्यवहारमा लागु गर्न निकै असजिलो भई कठीनाई उत्पन्न भएको छ । यसले हृदयदेखि नै नेपाली भाषा साहित्य सँस्कृति, गीत संगीत नृत्यमा रुचि राखेर त्यसलाई विकास गर्छु भन्ने निश्चल भावना हुँदाहुदै पनि त्यो कार्य सम्पादन गर्न समस्या उत्पन्न भै रहेको छ ।

यसलाई हल गर्नका लागि त्यहाँको माउ पार्टीले अनिवार्य रुपमा विभिन्न कार्यक्रमहरुमा वेग्लै गीत नेपाली भाषामा, विभिन्न प्रकारका गतिविधिहरु, कविता, कथा गजल, निबन्ध हाजिरी जवाफ, आदिको प्रतियोगीताहरु छिटो छिटो सञ्चालन गर्ने र आ–आफ्ना घरमा पनि बढि भन्दा बढि नेपाली भाषामा बोली चालीमा प्रयोग गर्ने, नेपाली पत्रपत्रीका अध्ययन गर्ने गराउने । आदि कार्य भएमा नेपाली भाषाको वोल्ने, लेख्ने समस्या भएका कलाकारहरुलाई यस प्रकृयाले सहज बनाउँदै लैजाने थियो । अर्को महत्वपूर्ण पक्ष के छ भने, भारत एउटा विशाल देश हो यहाँ गीत, संगीत, कलाका अनेक वानकीहरु छन् र यहाँ कलाको विकास गर्नका लागि बुर्जुवा, साँस्कृतिक संस्थाहरु, कतिपय व्यक्तिहरु पनि छन् जसले गीत, संगीत, नृत्य आदिको प्रशिक्षण चलाएर जीवन चलाई रहेका छन् । ति व्यक्तिहरु वा संस्थासँग सम्पर्क गरी नयाँनयाँ प्रतिभाहरुलाई उनीहरुको क्षमता अभिवृद्धि गर्नका लागि प्रयत्न गर्नुपर्दछ ।

अर्थात रक्तिम साँस्कृतिक, अभियानका कलाकारहरु जो जहाँ जुन शहरमा वस्छन्, त्यहाँ, विभिन्न प्रकारका बाध्यवादन, शास्त्रीय संगीत, स्वरलाई माध्नका लागि, नृत्यका लागि, कत्थक र भारत नाट्यमा वा अन्य अपेरा नृत्यहरु किक्न सकिन्छ । ति सिपलाई कलाकारहरुले हाम्रा क्रान्तिकारी गीत संगीत, नृत्य, अभियानमा समावेश गरी कलाको स्तर उकास्ने काम गर्नु अत्यन्त जरुरी रहेको छ । किनकी हाम्रा दर्शक श्रोताहरुको चेतनास्तर पनि बृद्धि हुँदै गएकाले हामीले पनि हाम्रो स्तरलाई उन्नत गराउँदै लैजानु अपरिहार्य भै सकेको छ । यसो गर्दा रक्तिम साँस्कृतिक अभियानको अहिलेसम्मको जुन क्रान्तीकारी स्प्रिट छ त्यसलाई भुत्ते हुन दिनु हुँदैन । अन्यथा, हाम्रो गीत संगीत नृत्यमा रहेको क्रान्तीकारी पन बोधो भएर हाम्रो आन्दोलनलाई क्षति पनि हुन सक्नेछ । यस कार्यलाई व्यवहारिक रुपमा सम्पादन गर्नका लागि मूल प्रवाहले अभिभावकिय भूमिका निर्वाह गर्नु पर्दछ ।

यसैसँग जोडिएको अर्को विचारणिय कुरा पनि केछ भने, भारतमा जागीर, व्यवसाय, अध्ययनका शिलसीलामा रहनु भएका कलाकर्मी र कलाकर्मीका अभिभावकहरुले के कुराहरु गम्भीरताका साथ लिनु प¥यो भने, रक्तिम साँस्कृतिक अभियानमा सम्वन्द्ध भएका रुचि राख्ने वा गीत, संगीत, नृत्य, अभिनयको क्षमता भएका ति कलाकारलाई जसले जुन विषय वढि रुचि राख्छ र क्षमता पनि छ उसलाई त्यही क्षेत्रमा विकास गराउनका लागि त्यस्ता साँस्कृतिक शिक्षाणशालामा अनिवार्य रुपमा तालिमको व्यवस्था मिलाउनु पर्दछ । उदाहरणका लागि, यदि कुनै गायन विधामा राम्रो स्वर भएको कलाकार छ भने उसलाई स्वर सम्बन्धी राम्रो अभ्यास गराउन सकिएमा उ सफल गायक बनेर साँस्कृतिक आन्दोलनलाई उर्जा प्रदान गर्न सक्छ । यसले किन कर्दछ भन्दा हिजोका दिनमा गीत मात्रै सुन्ने कुरा थियो । अहिले हेर्ने जमाना आयो र गीत सँगै संगीत त्यो पनि उच्च स्तरको सुन्न्े कुराहरु प्रवल गएको सन्दर्भमा हामीले पनि यस्तो श्रीवृद्रिको लागि पहल किन नगर्ने । यसरी यदि कसैले मादल, गीटार, कीबोर्ड, ड्रमसेट आदि विभिन्न विधामा ज्ञान हासील गरेर पारंगत भएमा, उ रक्तिमको सम्पत्ती हुनेछ र रक्तिमको सांगीतिक आन्दोलनलाई उच्चस्तरमा लैजान निकै मद्दत गर्नेछ ।

अर्कोतर्फ उसले सिकेको सिपबाट रोजगारी पनि पाउन सक्नेछ । अर्थात उसको एउटा आयको श्रोत पनि बृद्धि भएर जानेछ । यसो गर्दा कतिपय कलाकारहरुले क्रान्तीकारी गीत संगितलाई तिलाञ्जली दिएर बुर्जुवा साहीत्यतिर लाग्ने खतरा पनि त्यत्तिकै रहन्छ । उक्त समस्यालाई हल गर्नका लागि कलाकारहरुलाई हाम्रो साँस्कृतिक आन्दोलनको उद्देश्य के हामी मानव भएर मानवको सेवा किन गर्नुपर्दछ ? हामीले राष्ट्रको सेवा किन र के का लागि गर्ने । साम्राज्यवादी शक्तिहरुले हामीलाई कसरी कमजोर तुल्याई रहेका छन् ? हाम्रो राष्ट्रपतिको के दायित्व हो हामी संगठित भएर अगाडी बढ्दा व्यक्तिगत रुपमा के कती लाभदायी छ ? आदी आदी विषय र हाम्रा घोषणा पत्र विधानका कुराहरु पनि पढाउनु र बुझाउनु पर्दछ । ताकी कलाकर्मीहरुको वर्ग दृष्टिकोणमा समस्या पैदा नहोस । यसै सिलसिलामा मैले यहाँ रक्तिम साँस्कृतिक अभियान राष्ट्रिय सम्मेलनले पारित गरेका केही नियमहरु उल्लेख गर्नु प्रासंगीक हुनेछ । क) रक्तिम साँस्कृतिक अभियानका सदस्यहरुले साम्राज्यवादी, दलाल, नोकरशाही, बुर्जुवा, छाडा, अश्लील लेख, गीत, नाटक, कथा लेख्न, गाउन, प्रवचन गर्न, उद्घोषण गर्न, त्यस्ता गीतहरुमा नाच्न, अभिनय गर्न, छायाङ्कन गर्न र प्रचार प्रसार गर्नु हुँदैन ।

तर मजदुरीको रुपमा बाद्य वादन बजाउने जस्ता प्राविधिक प्रकारका गतिविधिमा प्रतिबन्ध लगाउनु हुँदैन । ख) दोहोरी गीति तथा साँस्कृतिक कार्यक्रमहरु एउटै छैनन् । छाडा तथा अश्लील, सामन्ती, नोकरशाही, वुर्जुवा प्रकारका गीत तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने दोहोरी साँझमा रक्तिमका सदस्यहरु सहभागी हुनु हुँदैन । कतिपय जन स्तरमा चल्ने दोहोरी गीति तथा साँस्कृतिक कार्यक्रमहरु लोक–सँस्कृति, परम्परा अनुसारका छन् । त्यस प्रकारका कार्यक्रमहरुमा सहभागी हुन सकिने छ । त्यहाँ विशेष गरी जनजाति समुदायहरुमा सहभागी हुन सकिने छ । त्यहाँ विशेष गरी जनजाति समुदायहरुका लोक सँस्कृतिमा आधारित गीत, नाच, बादन, अभिनय गर्ने गरेको पाइन्छ । तिनीहरुलाई हामीले प्रतिबन्ध लगाउनु हुन्न । तर यस आधारमा त्यहाँ गएर सामन्ती, दलाल, नोेकरशाही, बुर्जुवा, साम्राज्यवादी, छाडा र अश्लील गीत–संगीत वा साहित्य निर्माण र प्रचार गर्नु हुन्न । यसको अर्थ रक्तिमका सदस्यहरुले आफ्नो क्षमता र श्रम प्रयोग गरी प्रतिक्रियावादी वर्ग र तिनका विचार, साहित्य, सँस्कृतिसित सम्बन्धित क्रियाकलाप आदि निर्माण गर्ने र प्रचार प्रसार गर्नु हुँदैन । यस प्रकार भारतस्थित रक्तिम साँस्कृतिक अभियानका कलाकर्मीले हो यहाँको साँस्कृतिक आन्दोलनलाई अगाडी बढाउन सक्नेछन् ।

यसको साथै उनीहरुले श्रृजना गरेका गीत संगीतहरुलाई अर्थात रचनाहरुलाई यहाँको माउँ संगठनसँग सल्लाह सहमति गरी प्रकाशन गरी संस्थाको गरिमालाई बढाउन र स्वयं र स्रस्टाहरुको परिचय विस्तार गर्न पनि प्रकाशन कार्यले मद्दत गर्ने छ । जुन कार्य श्रस्टा वा कलाकर्मिहरुको हक महत्वपूर्ण र आवश्यक पनि हो । यदि यसो गरिएन भने एकातिर स्रस्टाको श्रृजना गर्ने क्षमतामा ह्रास आउने र उसको प्रतिभा कुण्ठित हुने यसले संगठनको विकासमा समेत बाधा उत्पन्न हुनेछ । माओले हजारौं फुलहरु फुल्न देउ भनेका छन् । अर्थात हाम्रो गीत, संगीत, नाट्य, अभिनय, सिर्जनाको क्षेत्रमा कलम चलाउने हजारौं कलाकारहरु हुनुपर्दछ र उनीहरुले हाम्रो यस महान अभियानलाई ओजीलो बनाउँदै अगाडी बढाउनुपर्दछ । यसको साथै भारतमा स्थायी रुपमा बसोबास गरेका नेपाली नागरिकहरुका परिकारहरु हाम्रो रक्तिम अभियानको गीत संगीतलाई पु¥याउन सकिएमा भारतको रक्तिम साँस्कृतिक अभियान अझै बढि शक्तिशाली र सवल बन्नेछ । यो दिशाम पनि हामीले अहिले बाटै सोचौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here