भारत साम्राज्यवादमा परिणत भएको छ

0
618

–मनोज भट्ट

हामीले हाँकको गत अंकमा साम्राज्यवादका मुख्य विषेशताहरु मध्य उत्पादनको केन्द्रीकरण तथा एकाधिकारहरुको उत्पत्ति र वित्तिय पूँजी र वित्तिय अल्पतन्त्रको सृजनाका बारेमा क्रमशः छलफल गरेका थियौ । यो लेखमा साम्राज्यवादको विभिन्न विषेशताहरु मध्य पूँजीको निर्यातको सम्बन्धमा विभिन्न कोणबाट छलफल गर्ने प्रयत्न गरिने छ । वित्तिय पूँजीको निर्यातलाई लेनिनले साम्राज्यवादको लाक्षणिक विषेशता बताएका छन् ।

एकाधिकारको श्रृजनाले मुठ्ठीभरका एकाधिकारीहरुको हातमा पूँजीको ठूलो हिस्सा केन्द्रीत हुनपुग्दछ । यसरी जम्मा भएको पूँजीबाट अझ बढी नाफा कसरी कमाउने ध्याउन्नमा पूँजीपतिहरु केन्द्रीत हुन्छन् । करोडपतिबाट अरबपति र अरबपतिबाट खरबपति कसरी बन्ने उदेश्यका साथ पूँजीपतिहरुले काम गरिरहेका हुन्छन् । एकाधिकारीहरुले यो कुरामा विचार गरे कि अन्य मुलुकहरुबाट कच्च सामाग्री ल्याएर आफ्नै देशका मजदूरहरुलाई बढी तलब दिएर उत्पादन गर्नु र कारखानामा उत्पादीत बस्तुलाई निर्यात गर्दा खर्च लागत बढी लाग्ने गर्दछ, अझ त्यसमा पनि पूँजीमाथि जोखिमको खतरा आफ्नो ठाउँमा हुदैछ । यदि बस्तु निर्यातका ठाउँमा पीछडिएका मूलुकहरु वा अहिलेको बदलिएको परिस्थितिमा विकसित मूलुकहरुमा समेत पूँजीको निर्यात गर्न सकेमा वा त्यहाँका स्थानीय पूँजीपतिहरु संग मिलेर वा नयाँ कारखाना खोलेर वा त्यहाँको सरकारबाट उद्योग प्राप्त गर्न सकेमा मजदूरी, कच्चा सामाग्रीका कारण उत्पादित वस्तु बजारसम्म पुराउन लाग्ने ढुवानी खर्चको बचत हुनु साथै पूँजी समेत सुरक्षित हुन सक्ने र त्यसबाट कैयौ गुना बढी मुनाफा प्राप्त गर्न सकिन्छ । यदि पूँजीलाई अन्य मूलुकलाई ऋणमा दिने हो भने त्यो भन्दा झन् बढि मुनाफा हुने हुनाले उत्पादित वस्तुको ठाउँमा पूँजीको निर्यात कार्य सुरु भएको हो । यो प्रक्रियाबाट अर्थात एकाधिकारीहरुलाई पूँजीको निर्यातबाट धेरै ठूलो मुनाफा हुन थाल्यो । त्यसैले लेनिनले भनेका छन्, “पुरानो पूँजीवादको युगमा खल्ला प्रस्तिस्पर्धाको युग थियो मालको निर्यात उसको विशेषता थियो । आधुनिक पूँजीवाद अर्थात एकाधिकारीहरुको युगमा पूँजीको निर्यात त्यसको मुख्य विषेशता बनेको छ ।” यो प्रकृया विसौं सताब्दिदेखि सुरु भएको हो ।

विदेशमा भारतले पूँजीको निर्यात दुई प्रकारले गरि रहेको छ । विदेशका उद्योगधन्दा, कारखाना, प्रतिष्ठानमा पूँजी लगानी गरेर वा त्यहाँको सरकार वा नीजि क्षेत्रका पूँजीपतिहरुलाई ऋण दिएर । यसरी दुईटा तरिकाबाट भारतले विदेशमा पूँजीको निर्यातलाई तिव्रता दिएको छ । विदेशमा भएका उद्योगहरुलाई खरिद गरेर तिनीहरुको स्वामित्व ग्रहण गर्नुलाई (aqurence) प्राप्त गर्नु वा त्यहाँ भएका उद्योगहरु संग एकिकृत भएर नयाँ उद्योग खोल्नुलाई एकिकरण (merger) अर्थात (m and a) को विधि अन्र्तगत भारतीय एकाधिकारीहरुले विदेशमा पूँजी निर्यात गर्नुका साथै विदेशमा नयाँ उद्योगधन्दा खोलेर पूँजीनीवेश गरेका छन् । यसरी विदेशमा पूँजी निर्यात गर्ने प्रकृयालाई भारतीय सरकारले उच्च महत्वका साथ अगाडी बढाईरहेको छ । त्यसका लागि भारतले कैयौ नीति र कार्यक्रम अगाडि बढाई रहेको छ । भारतमा सन् २०१४ मा निर्माण तथा संचालित “मेक इन ईन्डिया” कार्यक्रमको मुख्य लक्ष्य भनेको भारतीय एकाधिकारीहरुलाई विदेशमा लगानी गर्न उत्साहित बनाउनुका साथै विदेशमा उनीहरुको हित संरक्षण गर्नु र अन्र्तराष्ट्रिय एकाधिकारीहरु जस्ले भारतमा लगानी गरेका छन् तिनिहरुबाट अधिक्तम कर उठाएर भारतको विकासमा लगाउनु रहेको छ ।

भारतीय वित्तिय पूँजीका मालिकहरुले विभिन्न देशहरुमा आफ्ना बैकका शाखाहरु खोलेर आफ्नो पूँजीको जाल विश्वका विभिन्न मूलुकहरुमा फैलाएको छ । त्यसका माध्यमबाट त्यहाँका कच्चा सामाग्रीसंग सम्बन्धित भूमी र खानी माथि नियन्त्रण गरेको छ । भारतले गतबर्षहरुमा विदेश पूँजीनिवेश नीतिलाई अत्याधिक उदार बनाएको छ । भारतीय नीगम, साझेदारी, फर्महरुलाई विदेश स्थित कम्पनीहरुमा आफ्नो नेटओर्थको दुइ सय प्रतिशतसम्म लगानी गर्न पाउने अनुमति प्रदान गरेको छ । यसरी विदेशमा पूँजी लगानी गर्दा भारत सरकारको पूर्व सहमति वा अनुमति प्राप्त गर्नुपर्ने छैन । त्यसरी पूँजी लगानी गर्न चाहनेहरुलाई भारतीय सरकारले एक्जीम बैक मार्फत लगानी गरेर सहयोग समेत गरिरहेको छ । स्वयम भारतीय सरकारको स्वामित्वमा रहेको ओएनजिसी नामक कंम्पनिले विदेशमा ठूलो पैमानामा भारतीय पूँजी निर्यात गरिरहेको दखिन्छ । भारतले मुख्यतया रुस, अमेरिका, मौरिसस, सुडान, विट्रिस, भर्जिन आयरल्याण्ड जस्ता मूलुकहरुमा पूँजीको निवेश गरिरहेको छ ।

संयुक्त राष्ट्र संघले जारी गरेको, “लगानी प्रतिवेदन २०१८” का अनुसार विश्वमा बैदेशिक लगानी गर्ने प्रमुख पाँचवटा मुलुक पर्दछन्– १. अमेरिका, २. जापान, ३. चिन, ४. न्यादरल्याण्ड, ५. आएरल्याण्ड रहेका छन् । तर भारतले विदेशमा गरेको पूँजीको निर्यातका सबै तथ्याङकहरुलाई हेर्दा कुनैपनि अर्थमा भारत कमजोर देखिदैन । तथापी यो चिन भन्दा पछाडी नै छ । सिआइए वल्ड फ्याक्ट बुक अनुसार विदेशमा प्रत्यक्ष लगानी गर्ने देशहरुको सूची हेर्नेहो भने सबैभन्दा ठूलो रकम बैदशिक लगानी गर्ने देश सिंगापुर देखिन्छ । त्यसको वैदेशिक लगानीको संचिति रकम ७ खर्व २५ अर्व ९० करोड अमेरिकी डलर देखिन्छ । भने अमेरिकाको ५ खर्व, ६४ अर्व, ४० करोड अमेरिकी डलर र चिनको १ खर्व ३४ अर्व २० करोड अमेरिकी डलर देखिन्छ भने भारतको १ खर्व, ५६ अरब १ करोड देखिन्छ । तर चिन र हंकङको समेत बैदेशिक लगानी जोड्दा चिन कै रकम बढी देखिन्छ । हंकङ र चिनले विदेशमा गरेको प्रत्यक्ष लगानी जोड्दा ३ खर्व १४ अर्व ८० करोड देखिन्छ ।

भारत साम्राज्यवाद हो कि होइन भन्ने विवादका सन्दर्भमा यो प्रश्न धेरै उठ्ने गरेको पाइन्छकी, भारतले ठूलौ पैमानामा विदेशी पूजी भित्राएको छ । त्यसैले यो साम्राज्यवाद होइन । यो विषयमा छलफल गर्न सर्वप्रथम हामीले वोल्सेविक कम्युनिष्ट पार्टीको इतिहास र साम्राज्यवाद सम्बन्धि विभिन्न साहित्य सामाग्री र अहिलेको वर्तमान युगको प्रवृतिलाई ध्यानदिनुपर्ने आवश्यकता छ । सन् १९१० मा फ्रान्ससंग विदेशी उपनीवेशको संख्या अत्यन्तै नगन्य थियो । तर फ्रान्सले रुसमा ठूलो पैमानामा पूँजी लगानी गरेको थियो । त्यस वेलाका साम्राज्यवाद सम्बन्धि सामाग्रीहरुको अध्ययन गर्दा फ्रान्सलाई “सुदखोर साम्राज्यवाद” पनि भनिन्थ्यो । वोल्सेविक कम्युनिष्ट पार्टीको इतिहास सम्बन्धि पुस्तक अनुसार रुस फ्रान्सको ऋणमा डुबेको थियो । बेलायत र फ्रान्ससंग गरिएका कैयौ सम्झौताहरुले रुस बेलायत र फ्रान्सको अर्धउपनिवेश जस्तो थियो, तर रुस युरोपका ६ वटा शक्ति सम्पन्न राष्ट्रभित्र पर्दथ्यो ।

भारत विदेशी पूँजी भित्रयाउने मूलुकको सूचिमा २४ औ नम्बरमा सूचिकृत छ । सन् २०१७ सम्म भारतले १२.७५ करोड अमेरिकी डलर भित्रयाएको छ । सन् २०१६ मा विश्वमा प्रत्यक्ष बैदेशिक लगानी ( fdi) को रकम १.७५ खर्ब अमेरिकी डलर रहेको तथ्याङक देखिन्छ भने त्यसको ३.१ प्रतिसतमात्र दक्षिण एसियामा आउने गर्दछ । विश्वको प्रत्यक्ष बैदेशिक लगानीको जम्मा रकम र त्यो रकम मध्यबाट दक्षिण यसियामा प्रवाहीत हुने प्रतिशत हेर्दा अत्यन्तै न्युन देखिन्छ । अझ त्यसमा पनि ३.१ प्रतिशतलाई दक्षिण यशियाका सबै मुलुकहरुका विभाजन गर्दा भारतको हिस्सामा पर्न आउन सक्ने रकमको अनुमान गर्न सकिन्छ । भारतमा कुन कुन मूलुकले प्रत्यक्ष विदेशि लगानी भित्रयाइरहेका छन् त्यसलाई पनि ध्यानदिनु पर्ने आवश्यक्ता छ । भारतमा अत्याधिक बैदेशिक पूँजी आउने मूलुकहरुमा मौरिसस्, सिंगापुर, न्यदरल्याण्ड, अमेरिका, जापान, जर्मनी, हंङकङ्ग र बेलायत पर्दछन् । मौरिसस्ले भारतमा आउने कूल बैदेशिक पूजीको ३७ प्रशिनत, सिंगापुरले २४.४ प्रतिशत, न्यदरल्याण्डले ७.५ प्रतिशत, अमेरिकाले ५ प्रतिशत, जापानले ४ प्रतिशत, जर्मनीले २.७ प्रतिशत, हङकङले २.३ प्रतिशत, वेलायतले २.१ प्रतिशतका दरले पूँजिनिवेश गरेको छ । भारतले त्यो पूजीलाई विशेषतः कम्प्युटर र सफ्टवेयर, दुरसंचार, सेवा, निर्माण, व्यवसाय र अटोमोवाईलमा लगानी गरेको छ ।

बिदेशमा पूजीनिवेश गर्ने भारत २१ औं मूलकको रुपमा सूचिकृत छ । सन् २०१८ सम्म भारतले ३७९८.५ मिलियन अमेरिकी डलर अर्थात ३ अरब ७९ करोड ८५ लाख अमेरिकी डलर विदेशमा निर्यात गरेको छ । गतवर्ष भारतले प्रत्यक्ष बैदेशिक लगानीमा ३२ प्रतिशतले बृद्धि गरेको छ ।
पूँजी निर्यात सम्बन्धि विश्वको अहिलेको प्रवृति हेर्न जरुरी छ । अहिले एकातर्फ अन्र्तराष्ट्रिय एकाधिकारीहरु जस्तै विश्व बैक, अन्र्तराष्ट्रिय मुद्राकोष लगाएतकाले विश्वका कमजोर मुलुकहरुमा साम्राज्यवादी स्वार्थ पुरा गर्ने उदेश्यले पूजीको निर्यात गर्दछन् भने अर्को तर्फ विश्व भुमण्डलीकरण र उदारीकरणको परिणाम तथा पश्चिमा मूलुकमा देखा परेको आर्थिक संकटका कारण विकशित मूलुकहरुले समेत पूँजीको निर्यातका साथसाथै पूँजीको आयात समेत गरि रहेका छन् । जस्तै विभिन्न तथ्याङकहरुलाई हेर्दा अमेरिकाले चिनमा सन् २०१४ सम्म ८२.२४ करोड अमेरिकी डलर लगानी गरेको देखिन्छ । यद्धेपी चिन आफैमा साम्राज्यवादी मूलुक हो । सन् २०१५ को सुरुमा अमेरिका र चिन अत्याधिक विदेशी लगानी भित्रयाउने गन्तव्य मूलुक मानिन्थे । यो बताइरहनु पर्ने आवश्यकता छैन कि अमेरिका विश्वको शक्ति सम्पन्न साम्राज्यवादी मूलुक हो । तर सन् २०१५ पछि विदेशी लगानी भित्रयाउने मूलुकहरु चिन र अमेरिकालाई उछिनेर भारत अगाडि आएको छ ।

भारतले अमेरिकामा झण्डै १२०७ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब २० करोड ७० लाख अमेरिकी डलर निवेश गरेको छ । त्यहाँ भारतीय लगानीमा खोलिएका उद्योगहरुमा झण्डै १ लाख १३ हजार ४ सय २३ जनाले रोजगार पाएका छन् । न्यदरल्याण्डमा १५१६ मिलियन डलर, अफ्रिकी महादिपमा ५०४५.८ मिलियन डलर, अरब इमिरेटमा ८४९.३ मिलियन डलर लगानी गरेको छ । साउथ अफ्रिकीमा भारतले ६६ वटा विशाल कम्पनीहरुमा लगानी गरेको छ । त्यसमा झण्डै १८ हजार भन्दा बढिले रोजगारी पाएका छन् । नेपालमा नगद र ऋण गरेर भारतले २७.३ करोड रकम निर्यात गरेको देखिन्छ । सिंगापुरमा १५६८.६ मिलियन डलर बेलायतमा ४०२.४५ मिलियन डलर , विट्रिस भर्जिन इन्ल्याण्डमा ४४२.८० मिलियन, क्यानडामा ५.१ करोड, ब्राजिलमा ८०० मिलियन, इजरायलमा २५ मिलियन, अष्ट्रेलियामा १६.५ करोड, स्वीजरल्याण्डमा १७५ मिलियन, पोर्चुगलमा १४६.६७ मिलियन र फिनल्याण्डमा ६२०.३६ मिलियन अमेरिकी डलर लगानी गरेको छ ।

श्रीलंका पनि भारतको प्रत्येक्ष लगानीको गन्तव्य स्थल बन्दै आएको छ । भारत प्रत्यक्ष बैदेशिक लगानी गर्ने मुुलुकहरु मध्य श्रीलंकामा चौथामा पर्दछ । श्रीलंकामा भएको जम्मा प्रत्यक्ष बैदेशिक लगानीको संचिति रकम ८०० मिलियन अमेरिकी डलर मध्य भारतको १६० मिलियन अमेरिकी डलर रहेको छ । श्रीलंका भारत सरकारबाट विकास ऋण प्राप्त गर्ने प्रमुख मूलुकभित्र पनि पर्दछ । झण्डै ३६७.४ मिलियन डलर भारतबाट विकासका लागि रिण स्वरुप आएको देखिन्छ । त्यसका साथै भारतले श्रीलंका सित संयुक्त लगानीमा कोइला थर्मल प्लान्ट पनि संचालन गरेको छ ।
भारतले विदेशमा पठाएको प्रत्यक्ष बैदेशिक लगानी मध्यको १७ प्रतिशत युरोपीय बजारमा प्रवाह गरेको छ । भारतका ८० वटा सहायक कंम्पनीहरु जर्मनीमा संचालित छन् । ति कंम्पनीहरुमा २७४०० कर्मचारीहरुले कार्यरत रहेका छन् । प्रत्येक्ष वैदेशिक लगानीबाट भारतले युरोपमा ५८३ वटा परियोजनाहरु जुन् निम्नानुसार छन्– वेलायतमा २६५, जर्मनीमा ९६, वेल्जीयममा ३९, फ्रान्समा ३१, न्यदरल्याण्डमा ३०, स्पेनमा २०, रसियामा १५, स्वीजरल्यण्डमा ११, टर्कीमा ८, पोल्याण्डमा ९ र अन्य मूलुकमा ५९ वटा भारतबाट प्रवाहित प्रत्येक्ष बैदेशिक लगानीबाट संचालित रहेका छन् ।

भारतका नीजि तथा सार्वजनिक कंम्पनिहरुले अफ्गानीस्तानको हाजिगक भन्ने स्थानमा खानी निर्माणमा लगानी गरेका छन् । त्यहाँ ३० देखि ६० लाख टन क्षेमता भएको स्टिल प्लान्ट जडान गरेका छन् भने रुसको तेल कंम्पनीमा ९३० मिलियन डलरको लगानी रहेको छ । बरावरको पूँजी निर्यात गरि ति मूलुकहरुका कच्चापदार्थ सम्बन्धित खानी, विभिन्न उद्योगधन्दा, कलकारखानामा लगानी र विकाश रिणका नाममा लगानी गरिएको छ ।

उपरोक्त सम्पूर्ण तथ्याङ्कहरुलाई हेर्दा भारतले वस्तुको निर्यातका साथसाथै पूँजीको निर्यातलाई पनि तिव्रता दिएको छ । आधुनिक पूँजीवादमा पूँजीको निर्यात साम्राज्यवादको मुख्य विशेषता बनेको छ । वित्तपूँजीको बैदेशिक नीति भनेको साम्राज्यवादी नीति हुने गर्दछ । वित्तयपूँजीको निर्यातमा हुने बृद्धिले साम्राज्यवादी मूलुकहरुको बीच संसारको पुर्नविभाजनका लागि संघर्ष हुन्छ । र त्यसले ठूला–ठूला नरसंहासरकारी युद्धलाई निम्त्याउने गर्दछ । २०७५/०९/३०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here