भारत साम्राज्यवादमा परिणत भएको छ

0
296

गत अंकमा हामीले भारतमा भएको अद्योगिक विकास, उद्योगहरुमा उत्पादन र पूँजीको केन्द्रीकरण र त्यसले लिएको एकाधिकारपूर्ण अवस्थाको बारेमा चर्चा गरेका थियौं । भारतको राष्ट्रिय सीमा भित्र कसरी एकाधिकारको विकास हुँदै त्यसले अन्तर्राष्ट्रिय रुप लिंदै छ त्यस बारेमा हामीले विचार गर्ने छौं ।

भारतले सामन्यतया उद्योगलाई तीन श्रेणीमा विभाजन गरेको छ । प्रथम श्रेणि भित्र कच्चा पदार्थ निकाल्ने खानी तथा खेत वा कृषिसँग सम्बन्धित उद्योगहरु द्धितीय शुद्धिकरण, निर्माण र उत्पादनसँग सम्बन्धित उद्योगहरु, तृतीय सेवा र वस्तुको वितरणसँग सम्बन्धित उद्योगहरु । यो बताइरहनुपर्ने आवश्यकता छैन की उपरोक्त प्रथम श्रेणीका उद्योगहरुले उद्योग र उत्पादनका लागि कच्चा पदार्थ उपलब्ध गराउने काम गर्दछन् । जसको हातमा यी उद्योगहरुको स्वामीत्व हुन्छ, ती उद्योगहहरुले राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा सम्पूर्ण बजारलाई नियन्त्रण, सञ्चालन तथा मुल्यको हेरफेर, आपूर्तीसँग सम्बन्धित सम्पूर्ण कुराहरुको अधिकार केन्द्रीत हुन पुग्दछ । जसलाई एकाधिकार पूर्ण अवस्था भनिन्छ । उद्योग जति सुकै विशाल भए पनि ती उद्योगहरुमा उत्पादनका लागि चाहिने कच्चा पर्दाथमाथि यदि अरुको नियन्त्रण वा स्वामीत्व छ भने त्यस्तो स्वामीत्व राख्ने कम्पनि वा उद्योगले चाहेको बखत जतिसुकै ठूला उद्योगलाई पनि कच्चा पदार्थ उपलब्ध नगराएर वा रोकेर वा कम दिएर धरासायी पारिदिन सक्दछन् ।

सन १९७६ पछि भारतीय कच्चा पदार्थसँग सम्बन्धित कम्पनिहरु जस्तै तेल, ग्यास, पेट्रो, कोइला, स्टील र एल्मुनियम क्षेत्रमा कयौं उद्योगहरु स्थापना भएता पनि ती कम्पनिहरु आर्थिक र प्राविधिकरुपले अन्य साम्राज्यबादी मुलुक माथि आश्रीत थिए । तर सन २००४ मा भारतको अर्थतन्त्रलाई नित्रयन्त्रण गर्ने सवालमा अन्तर्राष्ट्रिय एकाधिकारी भन्दा भारतीय एकाधिकारीले आफ्नो नियन्त्रण र प्रभावमा निर्णायक रुपमा वृद्धि गरेका छन् । भारतले खोलेका कच्चा पदार्थ निकाल्नेसँग सम्बन्धित खानी, पेट्रोलिएम पर्दाथ ग्यास, कोइला लगायतका खानीहरु सरकारी स्वामित्वमा खोल्ने काम गरेका थिए र छन् त्यस प्रकारका सरकारी स्वामीत्व भएका खानीहरुले एकाधिकारको रुप ग्रहण गरेका छन् । जस्तै आयल एण्ड ग्यास कार्पोरेशन भन्ने उद्योग सरकारी स्वामीत्वमा छ । यो एशियाको सबैभन्दा ठूलो तेल र ग्यास अन्वेषण तथा उत्पादक कम्पनि हो । भारतलाई आवश्यक पर्ने ७७ प्रतिशत तेल यही कम्पनिले उत्पादन गर्छ ।

त्यसैगरी भारत पेट्रोलियम तथा हिन्दुस्तान पेट्रोलियम पनि त्यही श्रेणी भित्र पर्दछन् । इण्डियन आयल कर्पोरेसनको बार्षिक कारोवार ३.१३ खरब अमेरिकी डलर तथा आम्दनी ७८००.७२ करोड भारतीय रु र त्यसको जम्मा सम्पत्ति ११७४०५.८५ करोड भारु रहेको छ । यो बताइरहनु पर्ने आवश्यकता छैन की नेपाल, भुटान र श्रीलंकामा आपूर्ती हुने सम्पूर्ण तेलको ९० प्रतिशत इण्डियन आयल कर्पोरेसनबाट आपूर्ती हुने गर्दछ । त्यसैगरी कोल इण्डिया पनि विश्वको सबै भन्दा विशालतम कोइला खानी हो । यसको बार्षिक आर्थिक कारोवार ५५१४८.३१ करोड नाफा १८६७.३५ करोड भारु रहेको छ । त्यसैगरी इसार आयल र स्टिल अथोरेटी अफ इण्डिया, गेल इण्डिया, सेटरलाईट इण्डस्टिज भारतका कच्चा पदार्थ निकाल्ने र त्योसँग सम्बन्धीत खानीमा सरकारको ठूलो पैमानामा लगानी छ र ती खानीहरुको स्वामीत्व भारतीय सरकारमा अन्तरनिहित रहेको छ । भारतले त्यस प्रकारका खानीहरुमा आफ्नो स्वामीत्व कायम राख्नुका साथै निजी क्षेत्रलाई पनि त्यसमा समावेश गरेको छ । जस्तै रिलायन्स इण्ड्रसिटजले तेल तथा ग्यास अन्वेषण तथा उत्पादनमा लगानी गरेकोछ । रिलायन्स गु्रप अन्तर्गतको रिलायन्स इण्ड्रिष्टिज पेट्रोलियम अन्वेषण तथा उत्पादनको क्षेत्रमा कार्यरत कम्नी हो । यसले विशाल पैमानामा पूँजी लगानी गरेको छ । यो कम्पनीमा २४१२१ जना कर्मचारी र मजदूर कार्यरत छन् ।

केमिकल फाइबर उत्पादनमा रिलायन्स इण्डस्टिजको एकाधिकार जस्तै रहेको छ । टर्की, मलेसिया, चाइना, ब्रिटेन र नेदरल्याण्डमा रिलायन्स ग्रुपले यो क्षेत्रका कम्पनिहरु सञ्चालन गरेको छ । त्यसै गरी मितल स्टिल विशवकै दोश्रो ठूलो स्टील कम्पनि हो । टाटा स्टिल कम्पनिले बार्षिक २ करोड ४० लाख टन स्टिल उत्पादन गर्दछ भने ७० हजार कर्मचारीलाई त्यसले रोजगारी दिएको छ । त्यसैगरी भारतीय लगानी मै जर्मनीको लक्जम्बर्गमा खोलिएको आरसिलर मित्तल स्टिल कम्पनि युरोपकै सबै भन्दा बढी स्स्टिल उत्पादन गर्ने विशाल कम्पनि हो । यसले ४ करोड १० लाख टन स्टिल उत्पादन गर्दछ भने ९९ हजार ब्यक्तिहरुलाई रोजगारी दिएको छ । यो कम्पनीले काजकिस्थान, युक्रेन, बोसनिया, क्यानडा, यूयस, म्याक्सिको र ब्राजिलका ३० हजार खानी भन्दा वढीकालागि काम गरिरहेको छ ।

भारतको खानी समुह अदानी समुहले आष्टे«लियाको कोईला खानी निर्माणमा खरबौं रुपैयाँ लगानी गरेको छ । यसको बार्षिक उत्पादन ६ करोड टन रहेको छ । जुन विश्वकै ठूलो कोइला खानी हुन सक्ने अनुमान गरिएको छ । भारतको अदानी ग्रुपले भारत सहित विश्वका विभिन्न खानीहरुमा लगान्ी गरेको छ । खानीहरुबाट कच्चा पर्दाथ निकाल्ने उद्योगहरुमा यो समुह पनि एउटा महत्वपूर्ण लगानी कर्ताको रुपमा रहेको छ । यसरी भारतले एकातिर स्वदेश भित्र र बाहिर उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थसँग सम्बन्धीत खानी लगायत माथि आप्mनो नियन्त्रण कायम गर्दै लगीरहेकोछ । भारतका करिव १०० वटा कम्पनिहरु जुन अमेरिकाका विभिन्न ५० वटा राज्यमा खोलिएका छन् । यी कम्पनिहरुले १ लाख १३४३२ जनालाई रोजगारी दिएको छ । भारत जुट तथा फेबरिक्स उत्पादनमा विश्वकै पहिलो ठूलो मुलुक मानिन्छ । सन् २०१६ मा विश्वमा रहेका २ हजार विशालतम प्रतिष्ठानहरु मध्य ५८ वटा प्रतिष्ठान भारतका रहेका थिए भने यस प्रकारका निगमहरुको संख्या जर्मनीमा ५१ भन्दा केही बढि छ । यो तथ्याङ्कले पनि विश्वमा खोलिएका विशाल प्रतिष्ठानहरुमा भारतीय प्रतिष्ठानहरुको संख्या जर्मनीको भन्दा बेसी देखिनुका साथै ती उन्नत प्रकारका पनि रहेका छन् ।

विगत ५ बर्षदेखि भारतलाई विश्व शक्ति (ग्लोबल पावर) को रुपमा विकास गर्नका लागि भारतीय सरकाराले ५ वटा विशाल परियोजनाहरु सञ्चालन गरेको छ । ती ५ वटा विशाल कार्यक्रमको निर्माणमा भारतका १६ वटा विश्व विद्यालयको पनि संलग्नता रहेको छ । ती कार्यक्रमहरु निम्न प्रकारका रहेका छन् ।

१ डिजिटल इण्डिया
२ मेक इन इण्डिया
३ स्किल इण्डिया
४स्ट्याण्ड अफ इण्डिया
५ प्रधानमन्त्री जनधन योजना जस्ता विशाल परियोजनाहरु सञ्चालित छन् । यी सबै योजनाहरुको उद्देश्य भारतलाई सन् २०२० सम्म ग्लोबल पावरको रुपमा विकास गर्ने योजनाका साथ अगाडी बढाइएका छन् । समग्रमा यी ५ वटैयोजनाको उद्देश्य त्यस्तो भए पनि भारतीय समाजका वेग्ला वेग्लै क्षेत्रको विकास गरेर भारतलाई ग्लोबल पावरको रुपमा विकास गर्नु यसको मुख्य लक्ष्य हो । यी ५ वटा परियोजनाहरु मध्यको मेक इन इण्डियाको मुख्य विशेषता भनेको भारतीय एकाधिकारीहरुलाई संरचनागत र लगानीका हिसावले विदेशमा वृद्धि र विस्तार गर्नु र विदेशस्थित भारतीय लगानी कर्तालाई सुरक्षित गर्नु र भारतमा व्यापार गर्ने अन्तर्राष्ट्रिय एकाधिकारीहरुबाट बढी भन्दा बढी कर असुल गर्नु रहेको छ । अर्थात भारतीय एकाधिकारीको वृद्धि विकास र संरक्षणका लागि भारतले सरकारी स्तरबाट उठाएको कदम प्रष्ट छ ।

एकाधिकारको विकासलाई लेनीनले आफ्नो कृति साम्राज्यवाद, पूँजीबादको चरम अवस्थामा प्रष्ट भनेका छन् की, एकाधिकारको विकास भने कै साम्राज्यबाद हो । त्यति मात्र नभएर लेनिनले अझ के सम्म भनेका छन् भने, यदि साम्राज्यवादको संक्षिप्त परिभाषा दिनु पर्ने आवश्यकता पर्यो भने हामी भन्ने छौं कि पुँजीवादको एकाधिकारपूर्ण अवस्थाको नाम साम्राज्यवाद हो । यसरी भारतीय एकाधिकारीहरुले भारतमा मात्र नभएर भारत बाहिर समेत आफ्नो प्रभावका वृद्धि र विस्तार गरेका छन् । त्यसलाई बल पुग्ने गरी भारतीय सरकारको मुख्य नीति पनि रहने गरेको छ । सन २००९ देखी भारतको अर्थतन्त्र प्रति बर्ष ७ प्रतिशतका दरले वृद्धि भइरहेको छ । भारतलाई सकेसम्म सुपरपावर वा न भए पनि ग्लोबल पावरको रुपमा विकास गर्न भारतीय सरकार सम्पूर्ण शक्तिका साथ लागेको छ । हामीले माथि कच्चा पदार्थ निष्काशनमा भारतीय एकाधिकारीहरुले चाहे त्यो त्यहाँको सरकार होस वा निजी व्यवसायी हुन् । तिनीहरुले कसरी विकास गरिरहेका छन्, त्यसको हामीले चर्चा गयौं । त्यसका सार्थ कच्चा पदार्थ माथी नियन्त्रण र स्वामीत्व भएका उद्योगहरुले पनि कसरी एकाधिकारको रुप लिंदैंछन् त्यसको पनि हामीले संक्षिप्तमा चर्चा गर्ने छौं । भारतीय एअरटेल कम्पनि विश्वको ५ औं ठूलो दुरसञ्चार सञ्चालक कम्पनि हो । यसका १९ वटा मुलुकमा २३ करोड ८ लाख प्रयोग गर्ता रहेका छन् । यसको बार्षिक कारोवार ५९६०१.८० करोड र आम्दानी ६०४६.७० करोड भारु रहेको छ । यो अफ्रिकाका १५ वटा मुलुकमा यसको सेवा सञ्चालन तथा विस्तार गरेकोछ । हिण्डालको इण्ड्रिस्टिज विश्वको सबैभन्दा ठूलो एलमुनियम निर्माण कम्पनि हो । यसले विश्वका बजारहरुमा प्रभावकारी उपस्थिति जनाएको छ । यसको बार्षिक आर्थिक कारोवार ७२५०८.७२ करोड र आम्दानी २४५६.५७ करोड भारु रहेको छ ।

साम्राज्यबादको मुख्य विशेषता अन्तरगत बैंकहरुको स्थापना, विकास, त्यहा जम्मा हुने पूँजीको केन्द्रियकरण, त्यहाँ जम्मा हुने औद्योगिक पूँजी र बैंङ्क पूँजी मिलेर आपसमा बन्ने वित्तीय पूँजीको भूमीकामाथी पनि विशेष रुपले ध्यान दिनुपर्दछ । त्यसैले लेनिनले आफ्नो महत्वपूर्ण कृति साम्राज्यबाद, पूँजीबादको चरम अवस्थामा यो कुरामा जोड दिएका छन् की, ‘बारम्बार यही भन्नु पर्ने हुन्छकी, बैंक व्यवसायको विकासको अन्तिम रुप एकाधिकार हो ।’ पूँजीबादी एकाधिकार भनेकै साम्राज्यवाद हो । भन्ने कुरा पनि लेनिन्कै शिक्षा हो । अब हामीले भारतमा बैंक व्यवसायको विकास कसरी भइरहेको छ । त्यसमाथी विचार गर्ने छौं । लेनिनले बैंक व्यवसायको विकासको अन्तिम रुप एकाधिकार हो भनेता पनि भारतमा बैंकको विकास मात्र होइन बैंकले एउटा विशाल उद्योगको रुप ग्रहण गरेकोछ र त्यसको आकार दिन प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । भारतमा सार्वजनिक क्षेत्रमा विशाल २७ वटा बैंक, निजी क्षेत्रमा २१ वटा बैंक, ५६ वटा बैंक प्रादेशिक स्तरका क्षेत्रिय ग्रामिण बैंक, १५६२ वटा शहरी कोअप्रेटिभ्स बैंक तथा ९४३८४ वटा ग्रामिण को–अप्रेटिभ्स बैंक रहेका छन् । त्यसैगरी प्रधानमन्त्री जनधन योजना अन्तरगत पनि ३३ करोड ३८ लाख बैंक खाता खोलिएका छन् ।४९ वटा विदेशी बैंक कार्यरत छन् । सार्वजनिक, निजी क्षेत्रमा खोलिएका बैंकहरुका भारतमा हजारौं शाखाहरु कार्यरत छन् । जस्तै इलाहबाद बैंकका भारतमा ३२४० वटा शाखा छन् । त्यसै गरी बैंक अफ इण्डियाका ५ हजार घरेलु शाखा छन् । त्यसै गरी स्टेट बैंक अफ इण्डियाका करिव ७५०० भनदा बढी देश भित्र विभिन्न शाखाहरु खोलिएका छन् ।

भारतका विभिन्न निजी क्षेत्रमा खोलिएका निजी तथा सार्वजनिक क्षेत्रमा खोलिएका बैंकहरुका विदेशी शाखा समेत रहेका छन् । एसबिआई बैंकको विश्वका ३७ वटा मुलुकमा १९८ वटा सहायक कार्यालय छन् भने ७२ वटा मुलुकमा ३०१ वटा प्रतिनिधी कार्यालय तथा नेपालमा ज्वाइण्ट भेन्चरमा एसबिआई बैंक खोलिएको छ । बैंक अफ इण्डियाका विदेशमा २९ वटा, बैंक अफ बरोदाका ५० वटा, पञ्जाब नेश्नल बैंकका ३ वटा र नेपालमा ज्वाइण्ट भेन्चरमा एभरेष्ट बैंक, एचडिएफसी बैंकको ३२ वटा मुलुकमा १८५ वटा शाखा रहेका छन् । ग्लोबल ५०० पत्रिकाका अनुसार संसारको ४० प्रतिशत कम्पनि जुन एशियामा छन् । त्यस मध्यका ७ वटा विशाल इण्डियन कम्पनि रहेका छन् । जसमा एसबिआई बैंक पनि एउटा पर्दछ । यसको बार्षिक आर्थिक कारेवार १४७८४३.९२ करोड आम्दानी १०६८४.९५ करोड र यो बैंकको जम्मा सम्पति १४ लाख ८४४८१.६६ करोड भारु रहेको छ । त्यसैगरी पञ्जाब नेश्नल बैंकोको बार्षिक आर्थिक कारोवार ३१२०६.६० करोड र आमदानी ४५७४.७३ करोड र कुल सम्पति ३ लाख ७३७८६.३८ करोड रहेको छ । भारतका विभिन्न बैंकले नेपाल सहित विश्वका ८ वटा मुलुमका संयुक्त लगानीमा विभिन्न नामबाट बैंकहरु खोलेका छन् ।

आइसिआइसिआई बैंक समेत भारतको विशाल पैमानामा पूँजी भएको मुलुक हो । यसरी भारतमा बैंकले एउटा भव्य तथा विशाल उद्योगको रुपमा आफुलाई विकास गरिरहेको छ । एकातर्फ भारतमा छरिएर रहेको पूँजीलाई यसले एक ठाउँमा केन्द्रित गरेको छ । अर्को तर्फ विश्वका विभिन्न मुलुकमा बैंका शाखाहरु विस्तार गरी र संयूक्त लगानीमा बैंकहरु खोलेर त्यहाँका कच्चा पदार्थ माथी आफ्नो नियन्त्रण कायम गर्न सफल भएको छ । भारतका बैंकहरु लेनिनले भने जस्तै साना तिना मध्यस्थताहरुको भूमीका निभाउन छोडेर शक्तिशाली एकाधिकारीहरुको रुप धारण गर्दै गएका छन् । उनीहरुको हातमा देशको समस्त पूँजीपति तथा सानासाना मालिकहरुको लगभग समस्त पूँजी र सम्बन्धित देशको तथा अन्य कयौं राष्ट्रहरुका उत्पादनका साधानहरु एवं कच्चा पदार्थका श्रोतहरुको अधिकांस हिस्सा केन्द्रित भएको छ । बहुसंख्यक ससाना मध्यस्थहरु मुठ्टीभरका एकाधिकारीहरुमा परिणत हुने प्रक्रिया ले तिब्रता पाएको छ । पूँजीबादी विकासको यही प्रक्रियालाई लेनिन्ले पूँजीबादी साम्रज्यवादमा पुग्ने एक आधारभूत प्रक्रियाको घोतक बताएका छन् । एकातर्फ बैंक व्यवसायले एउटा विशाल उद्योगको रुप लिएकोछ । त्यसका साथै बैंक पूँजी र औद्यिगीक पूँजी आपस मिलेर वित्तीय पूँजीको निर्माण, वृधि र वित्तीय अल्पतन्त्रको उदय भै रहेकोछ । भारतका ठूला ठूला बैंकहरुको हातहरुमा अपार वित्तीय पूँजी केन्द्रित हुन पुगेकोछ । साना बैंकहरुको पूँजी घटदै गएकोछ । साना बैंकहरु ठूला बैंकहरुमा विलय भएका छन् वा ठूला बैंकका शाखाहरुमा परिणत भएकाछन् । भारतीय कमर्सियल बैंकहरुको जमा डिपोजीट रकम ११५ खर्व ७० अर्ब २ करोड ७० लाख रु. रहेकोछ । यो जम्मा रकमले पनि उनीहरुको हातमा केन्द्रित पूँजीलाई बताउँछ । चारतका केहि प्रमुख बैंकहरु बैंक अफ इण्डिया, एसवीआइ , पञ्जाव नेश्नल बैंक, आइसीआसीसी बैंक जस्ता केहीहरुका हातमा वित्तीय पूँजीको ठूला हिस्सा केन्द्रित हुन पुगेकोछ ।

बैंक र उद्योगकाहरुको एक आपसमा घनिष्ट सम्वन्ध स्थापित हुनुका साथै एउटा अर्को प्रक्रिया पनि अगाडी वढेकोछ त्यो भनेको यी दुइटाको घनिष्ट सम्वन्ध सरकारर राज्यसँग पनि वढदै जान्छ । ठूलाठूला सरकारी कर्मचारी र मन्त्रीसम्मलाई खरिद गर्ने काम हुन्छ तिनीहरुलाई बैंक र उद्योगका महत्वपूर्ण पदहरुमा आसिन गरेर राज्यलाई अधिकतम दोहन गर्नेकाम हुन्छ । युुसरी मुठीभरका मालिकहरुको हाथमा देशको अर्थराजनीतिसँगै राजनीतिक शक्ति पनि केन्द्रित हुन पुग्छ । भारतका ठूला ठूला एकाधिकारीहरुले एकातर्फ बैंकको ठूलो संख्यामा शेयर खरिद गरेकाछन् । बैंकहरुले पनि त्यस्ता कम्पनिहरुका ठूला संख्यामा शेयर खरिद गरेका छन । त्यति मात्र नभएर कतिपयले आ–आफना नीजि बैंक समेत खोलेकाछन् । जस्तै टाटा ग्रुपले टाटा क्यापिटल लिमिटेड र क्यापिटल हाउजिंग फाइन्नस लिमिटेड नामक बैंक र वित्तीय संस्था खोलेका छन् । त्यस्का करिब १०० भन्दा वढी शाखाहरु कार्यरत छन् भने टाटा समुहले वित्तीय कारोवार गर्न टाटा इन्स्योरेन्स कम्पनी समेत खोलेर पूँजीको कारोवार गरि रहेकाछन् । मफतलाल गु्रपले पनि मिशापुर इन्भेष्टमेंट बैंक खोलेको छ । विडला गु्रप भित्रको आदित्य विडला गु्रपले पनि आफ्नो छुटै बैंक खोलेकोछ ।

यसरी बैंकहरुको क्षेत्रबाट पनि भारतमा एकाधिकारको उदय र विकास भइ रहेकोछ । बैंकहरु वित्तीय पूँजीका एकाधिकारी बनेकाछन् । बैंकहरुको विकास हुनु भनेको एकाधिकारको निर्माण हुनु नै हो ।

गतांकको लेखको लागि यहाँ जानु होस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here