भारत प्रवासबाट वामगठबन्धनलाई बधाई

0
324

पुना, २६ डिस । प्रवासी नेपालीहरुले वामगठबन्धनलाई वधाई तथा स्वागत गरेका छन् । हालै देशमा सम्पन्न प्रतिनिधि सभा तथा प्रादेशिक सभाको निर्वाचनमा वामगठबन्धनले बहुमतका साथ विजयी हासिल गरेकोमा भारतको पुना शहरबाट प्रवासी नेपालीहरुले स्वागत तथा वधाई प्रकट गरेका हुन् ।

कार्यक्रम प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति अन्तर्गत पर्ने पुना नगर समितिको तत्वाधानमा सम्पन्न पारिएको थियो । महाराष्ट्र गुजरात संयुक्त राज्य समितिका कोषाध्यक्ष मुकेश कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमा राज्य समितिका लेखाप्रमुख विशिष्ट अतिथि आकाश कुँवर अर्का अतिथि दलित मुक्ति समाज नेपालका पूर्व केन्द्रीय सदस्य दिपक सुनारको पनि आतिथ्यता रहेको थियो ।

वक्ताहरुले नेपालमा आएको विश्व मै नभएको आलोपालो सरकार चलाउने सिस्टमलाई निस्तेज पार्न अब प्रवासी नेपाली संघ भारतले नै प्रमुख भूमिका खेल्ने बताएका थिए । ‘भोट माग्दा स्थायी सरकारको लागि जनताको मतलाई अनादर र धोका स्वयं खेल बामदलका नेताहरुले खेल्दै छन्’ वक्ताहरुले भने । यस्ता खालका कुनै पनि नकारात्मक कार्य देश तथा विदेशमा रहने ३ करोड नेपालीहरुलाई असह्य नहुने वक्ताहरुले व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष झप्पर कडाराले र सञ्चालन सचिव त्रिलोचन देवकोटाले गरेका थिए ।

कार्यक्रममा विशिस्ट अतिथि आकाश कुँवरले आगामी समयमा हुने निर्वाचनहरुमा प्रवाशी नेपालीहरुको पनि प्रतिनिधित्वका लागि आफ्ना नेतृत्व पंक्तिसमक्ष आग्रह गरेका थिए ।

पुना नगर समितिले पनि आफ्ना नेता कार्यकर्तालाई निर्वाचनमा खटिनको लागि सिफारिस गरिएका नेताहरुले आफ्नो जिल्ला सम्पर्कमा गइ बामका साझा उमेदवारलाई जिताएर आउनु हुने कार्यकर्ताहरुलाई सम्मान र स्यावासी आकाश कुँवरले प्रकट गरेका थिए ।

कार्यक्रममा पुनामा प्रवासी नेता, कार्यकर्ता र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । म .गु .राज्य समिति स .स . जय सिंह आउजी, कालू सिंह बिक, सल्लाहकार ध्वज बहादुर कुंवर, मोहन लोहार, रमेश लोहार अनेरास्ववियु अछाम जिल्लाका पूर्व सदस्य हर्कमान परियार, कोथरुड नगर समितिका नर बहादुर बिक, एकेन्द्र कुंवर, टेक ब खड्का, प्रमोद शाही, देव बहादुर खड्का, निराजन कुंवर, हर्क जनाला, रमेश बिक, कर्ण बिक, टोपराज कुवर, पूर्ण कुंवर, भर्खरै नवगठित चिंचवड प्रासका अध्यक्ष भरत बडुवाल, सचिव शेर बहादुर साउद, उपाध्यक्ष भरत बडुवाल ख, सहसचिव जनक बडुवाल र भुपेन्द्र शाहीको उपस्थिति थियो ।
पुनाबाट त्रिलोचन देवकोटा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here