भारत–नेपाल रेमिटेन्स सेवा सुरु

0
311

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सले २०७४ चैत्र १ गतेदेखि भारत–नेपालबीच रेमिटेन्स सेवा सुरु गरेका छन् ।

यस सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौं नेपाली नागरिकले मुथुत फाइनान्सका चार हजार छ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका सात हजार एक सयभन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिने छ । नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैङ्क खातामा जम्मा गर्ने सुविधा पनि प्राप्तगर्न सकिने छ । नेपालस्थित ग्लोबल आइएमई बैङ्क लिमिटेड र भारतस्थित आर.बी.एल. बैङ्क यो सेवाका लागि बैङकिङ साझेदार संस्था हुनेछन् ।

भारत–नेपाल रेमिटेन्स सेवा शुभारम्भ कार्यक्रममा भारतस्थित मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक के.आर. बिजिमोन र नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रबद्र्धन प्रमुख सुभाष तामाङ लगायत मुथुत फाइनान्सका बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङसिर महिनामा रेमिट्यान्स सम्झौता भएको थियो । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के.आर. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here