भारत को उपनिवेशवादी चिन्तन र भाजपाको धार्मिक फासिवादी,जातीय र नश्लवादी चरित्र

0
6

-कृष्ण अधिकारी

देशको भूगोल घर-घडेरी जस्तो होईन रहेछ ।पिराहा छिमेकी परो भनेर सस्तो भाउमा बेचेर हिड्ने।जस्तालाई त्यस्तै व्यवहार नचाहेर पनि गर्नै पर्ने हुन्छ।नभए हेपेर घर भत्रै चिथोर्न अाइपुग्दछ ।

करीब ३०० वर्षको दासत्वमा हुर्केको भारतीय शासक वर्गको वर्गचरित्र भारत बृटिश उपनिवेशबाट स्वतन्त्र भएको ७५ वर्ष वितिसक्दा पनि त्यही उपनिवेशवादी छ।त्यही भएर भारतले अाफ्ना वरिपरिका छिमेकी मुलुकहरू प्रति अझै सम्म पनि कहिल्यै उनीहरूलाई स्वतन्त्र मुलुकका रूपमा व्यवहारनै गर्न सकेको छैन र चाहेको छैन।अहिले सम्मका शासक वर्ग मात्र होइन,त्याहाँको व्यूरोक्राट्स र प्राय सँचार मिडियाहरूको मानसिकता पनि एकै खालको छ ।

भारतले अाफ्ना छिमेकी कसैलाई सताउन बाँकी राखेन।सिक्किम निल्यो,पाकिस्तान टुक्राईदियो,श्रीलँका झण्ङै टुक्राएको थियो।भूटान,बँगलादेश र माल्दिप्सलाई अाफ्नै उपनिवेश ठानेको छ।नेपाल प्रति भारतले गर्दै अाएको व्यवहारको हामी भूक्तभोगी नै छौ ।

नेपाल र थाईल्याण्ड बाहेक दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका प्राय मुलुकहरू सँग-सँगै उपनिवेश मूक्त भएका मुलुकहरू हुन्।एशियाका दुई छिमेकी क्षेत्रहरूको तुलना गर्ने हो भने दक्षिणपूर्वी एशियाई मुलुकहरूको एकता र विकाश हेर्दा असलि छिमेकीपनको यूरोपेली स्तर यहाँको पनि देख्न सकिन्छ। यो क्षेत्रमा पर्ने थाईल्याण्ड,इन्डोनेशिया,मलेशिया,फिलिपिन्स,बर्मा,लावस,सिँगापूर,भियतनाम,कम्बोडिया,ब्रुनाईहरूको अापसि मित्रता र विकासमा एकअर्कोका सहयोगि छन् त्यही भएर त्यो क्षेत्रको विकास धेरै अगाडी बढेको छ।
यता दक्षण एशियामा ठूलो भूगोल अोगटेर पनि छिमेकिहरू प्रति भारतको छाति भने ढिकुरको जत्ती पनि हुन सकेन ।

सन् २०१४ मईमा प्रथम पटक मोदी भारतको प्रधानमँन्त्रि नियुक्त भएर सपथग्रहण समारोह अायोजना गर्दा सार्कक्षेत्रका सबै राष्ट्रादक्षहरूलाई निम्ताएर जुन छमेकि भाईचारापन शुरूवात भएको जस्तो देखाएका थिए,त्यसबाट धेरैले अब सार्क क्षेत्रकमा केहि हुने सोचेका थिए।पछि प्रष्ट भयो मोदीको सत्ता उदय पछि सामान्य गतिशिल रहेको सार्क झन गतिशुन्य भयो । उनी प्रधानमन्त्री भएको ६ महिनामा २०१४ नवम्मरमा काठमण्डौमा एकपटक १८ अौ सार्क सिखर सम्मेलन भएको थियो त्यसपछि हालसम्म एउटा सम्मेलन पनि हुन सकेको छैन।यसले मोदीको बाहिरी देखाउने व्यवहार र भित्रि चरित्र स्पष्ट पार्यो ।

भारतमा मोदीको उदयलाई धेरै नेपालीहरूले एउटा हिन्दु सन्तका रूपमा पनि विश्वास गरेर ठूलो सहानुभूति सहित साथ दिएका थिए।पछि २०७२ सालको महाभूकम्पको बेला मोदी सरकारले नेपाल प्रति गरेको नाकाबन्दी ले उनी प्रतिको नेपाली मन नराम्रेरी भाँचिदिए ।

छिमेकि मुलुकहरूले अाड भरोसा नपाउनु केहि बात थिएन तर स्वयम भारत भित्रैका लाखौ अल्पसँख्यक,धार्मिक र राजनीतिक शक्तिहरू जो सँघवाद बाहिरका छन् उनीहरू पनि अाज दिन प्रति दिन मोदी सरकारबाट असुरक्षित महशुस गरिरहेका छन्।
त्याहाँ सत्ता तावेदार मिडियाहरूले मात्र होईन स्वयम भाजपाको जिम्मेवार नेतृत्वमा र सरकार समेतको महत्वपूर्ण पदमा बसेकाहरूको भड्काववादी वयनबाजिले मोदी सरकार कति धार्मिक कट्टरपन्थी,जातीय र नश्लवादी चिन्तनको छ भन्नेकुरा प्रष्ट हुन्छ ।

नागरकता विधेयक विरूद्ध अाज भारतमा जुन अान्दोलन उठिरहेको छ,त्यो मोदी सरकारबाट उत्पन्न हुँदै गएको अशुरक्षा विरूद्दको प्रकट रूप हो ।
केहि महिना पहिले सम्पन्न दिल्ली लोक सभा को चुनावी कार्यक्रममा दिल्लीको शाहीनवागमा नागरिकता विधेय विरूद्द धर्ना मा बसेकाहरूलाई इँकित गर्दै पूर्व भाजपा अध्यक्ष तथा बहालवाला गृहमन्त्रि अमितशाहको अभिव्यक्तिले भाजपाको रणनीति स्पष्ट देखिन्छ। केजरिवाललाई हराउन र केजरिवाल शाहीनवाग अान्दोलनको हिस्सा हो भन्ने देखाउन अमितशाहले भनेका थिए,जब दिल्लीका मतदाताको मत कमलको फुलको बटनमा दबिन्छ त्यसको झट्का शाहिनवागमा लाग्छ भनेर,धार्मिक भावना भड्काएर अाफ्नो निकृष्ट चुनावी दाउ लगाउन खोजेका थिए।तर दिल्लीका सचेत मतदाताले ७० मा जम्मा ७ सिट दिएर भाजपा लाई धुलो चटाए ।

काश्मिरलाई हड्पे पछि भारतले जारी गरेको नक्शामा नेपाली केही भू-भाग पनि समेटिए पछि नेपालभर र विश्व स्तरमा रहेका नेपालीहरूले भारतीय हस्तक्षेपको ठूलो विरोध गरे।र कालापानी लिपुलेक र लिम्पियाधुरा समेतको नक्शा प्रकाशित गर्न नेपाल सरकारलाई दबाब दिए ।

अहिले विश्व कोरोनाको महामारीले हायलकायल भैरहेको बेला भारतलेफेरि नेपाली भूमी लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जोड्ने बाटोको उद्घाटन गर्यो।नेपाली पक्षले वार्ता का मध्यमबाट विवादित भूमीको टुँगो लगाउन अाग्रह गर्दा-गर्दै फेरि एकलौटि बाटो उद्घाटन गर्नु भारतको हेपाहा र दादागिरीपन थियो।जसका विरूद्द लकडाउनकै समयमा पनि नेपाली जनता सडकमा अाए र सरकार पनि यसपटक बढि गम्भिर देखियो।

परराष्ट्रमन्त्रि प्रदिप ज्ञावलीले छिट्टै लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषद् को निर्णयलाई अा्फनो ट्विट मार्फत जानकारि गराए । जसले गर्दा अाम नेपाली जनसमुदायलाई गर्व को महशुश गरायो ।
उता भारतीय सेना प्रमूख मनोज मकुन्द नरमानेले मन्त्रिपरिषद् को निर्णयलाई कसैको उक्साहटमा नेपालले गरेको निर्णय भन्ने अाशयको टिप्पणी गरेकाछन । सार्वभौम राष्ट्र को मामिलामा सेना प्रमुखको यो भनाई गैर जिम्मेवार र हेपाहा कुटनीतिक अाचरणको तल्लो स्तर हो।स्वयम भारतीय बूद्धिजीविहरूले सेनापतिको यो वयानलाई अमर्यादित भनेकाछन् ।

प्रदिप ज्ञावलीको ट्विटमा प्रतिक्रिया दिँदै भारतीय फिल्मि कलाकार नेपाली चेली मनिषा कोईरालाल पनि ‘हाम्रो सानो देशको गर्व राख्नु भएकोमा धन्यवाद,म तीनै देशहरू बीच शान्तिपूर्वक र मर्यादित वार्तालाप का लागि कामना गर्दछु।’ भन्ने भावना माथि खनिदै कहि सरकार पोषित मिडियाहरूले ‘खाते भारतका है,गाते चीनका है।’भन्दै मनिषाको अपमान गरेका छन्।यो अमित शहा,सेना प्रमुख नरमाने जस्ताको अभिव्यक्ति कै शिलशिलाको भनाई हो भन्ने छुट्टाउन कुनै गारो छैन।यसको जवाफ दिँदै मनिषाले ठिकै भनेकि छन्-‘परिश्रम बेचिन्छ,स्वाभिमान होइन।’

बाहिर भाजपाले सरकार चलाएको देखिए पनि भित्री रूपमा धार्मिक अतिवादी सँस्था राष्ट्रिय स्वयमसेवक सँघले नेतृत्व गरिरहेको छ।त्यसैले भाजपामा धार्मिक फासिवादी,जातीय र नश्लवादी चरित्र हावी छ।जुन स्वयम भारतीय करडौ स्वतन्त्र र न्यायप्रेमि जनताको पनि हितमा छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here