‘भारतीय सेना कालापानी छोड’ भन्दै गुञजायमान पारे जनगायक शर्माले कोहलपुरलाई

0
1113
कोहलपुर/ रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माले गीतबाटै भारतीय सेनालाई कालापानी छोड्न चेतावनी देएका छन् । मंगलबार महोत्सवमा सहभागी हुन कोहलपुर आएका शर्माले “छोड छोड विस्तारवाद नेपालभुमी छोड, भारतीय सेनाहरु कालापानी छोड” भन्दै भारतीय हस्तक्षेपप्रति आक्रोश पोखेका हुन् ।

उनले गीतबाटै एउटा सानो राष्ट्रने आँट गरेमा ठूला ठूला साम्राज्य ढालिदिन्छ यो देश बचाउन खाँचो परेमा ३ करोड नेपाली एक हुन्छ भनेर नेपाल र नेपाली जनतालाई कम नआँक्न गीतबाटै चेतावनी दिए । शर्माले गीत गाइरहँदा हजारौं दर्शकहरुले भारतीय सेना कालापानी छोड भन्ने नारा गुज्जायमान गराउँदै शर्मालाई साथ दिइरहेका थिए ।

नेपालका चर्चित जनबादी गायक शर्माको प्रस्तुती हेर्न मंगलबार सबै राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, स्थानियबासी, व्यापारी तथा संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । शर्माले “मधेसी पहाडी हिमालका हिमाली, सिमली छायामा बसी भरीया लामो सास फेरेको,चँहिदैन मलाई सिसाको महल, छोड छोड विस्तारबाद नेपालभुमी छोड भारतीय सेनाहरु कालापानी छोड” लगाएतका आधा दर्जन बढि गित गएका थिए । शर्माका अलावा चर्चित गायिका बिन्दु परियार, गायक चन्द्र शर्मा र रेश्मा पुनले समेत आ–आफ्नो प्रस्तुती दिएका थिए ।

गत पौष २४ गतेदेखी जारी महोत्सव माघ ७ गते बुधबार सकिदैं छ । तेस्रो प्रादेशिक औद्योयोगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६’ को समापन ५ नं। प्रदेशकी कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले समापन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here