भारतीय अतिक्रमणकाे जापान नेपाली एकता समाजद्वारा विराेध

0
71
जापान । भारतले नेपाली भुमि मिचेर सडक निर्माण गरेकाेमा जापान नेपाली एकता समाजले विराेध जनाएकाे छ ।
समाजका अध्यक्ष यमलाल सापकाेटा र सचिव तेजेन्द्र क्षेत्रीले संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तीमा भारतकाे उक्त कार्य नेपालकाे स्वाधीनता र सार्वभौमिकता माथिको ठाडो चुनौती भएकाे उल्लेख छ ।
समाजले संसारको जुन कुनामा भए पनि राष्ट्रिय स्वाभिमान माथिको यस प्रकारको हस्तक्षेपका बिरुद्ध एक हुन र यस प्रकारका आन्दोलनहरूमा ऐक्यबद्धता जनाउनका समेत अपिल गरेकाे छ ।
वक्तवमा भनिएकाे छ- ”हालै भारतले नेपाली भुमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलास मानसरोवर यात्राका लागि ८० किलोमिटर लामो धार्चुला लिपुलेक लिङकरोड निर्माणको उदघाटन भारतीय रक्षा मन्त्री राजनाथ सिंहले गरेको समाचार सार्वजनिक भएको छ । यो नेपालको स्वाधीनता र सार्वभौमिकता माथिको ठाडो चुनौती हो । जापान नेपाली एकता समाजले भारतीय साम्राज्यवादको यस प्रकारको कदमको घोर विरोध र भ्रत्सर्ना गर्दछ । सम्पूर्ण नेपाली समुदाय संसारको जुन कुनामा भए पनि राष्ट्रिय स्वाभिमान माथिको यस प्रकारको हस्तक्षेपका बिरुद्ध एक हुन र यस प्रकारका आन्दोलनहरूमा ऐक्यबद्धता जनाउनका लागि हार्दिक अपिल गर्दछ।
सन १८१६को सुगौली सन्धि अनुसार महाकाली पुर्वको सम्पुर्ण भुभाग नेपालको हो । महाकालीको वास्तविक मुहान लिम्पियाधुरा हो, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भुभाग हो । बेला-बेलामा बिभिन्न असामान्य परिस्थितिहरुको मौका छोपेर भारतले नेपालको सिमाना अतिक्रमण गर्ने, सिमा क्षेत्रका जनताहरूमाथी आक्रमण गर्ने, राजनैतिक र सामाजिक आक्रमणहरुबाट समेत आफ्नो साम्राज्यवादी नाङ्गो हस्तक्षेप प्रस्तुत गरिरहेको कुरा सबैमाझ स्पस्ट छ ।
संसारभर COVID-19 ले प्रभावित भएको अप्ठ्यारो अवस्थाको मौका छोप्दै भारतले यो कदम अगाडि बढाएको छ । भारत प्रतीको नेपाली शासकहरुको कम्जोर र दब्बु मानसिकता, कम्जोर कुटनैतिक प्रयास, आदिका कारणले पनि यस्ता घटनाहरु बारम्बार दोहोरी रहेका छन । तुरुन्तै सिमा सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको आधारमा भुमि अतिक्रमण र हस्तक्षेपको हलगर्न सरकार संग जोडदार माग गर्दछ।
साथै COVID-19ले थलिएको यो बिषम परिस्थितीमा संसारभर नेपाली श्रमिकहरु बेरोज़गार भएर या अल्प काम गरेर बस्नु पर्दाको पिडा शब्दमा बर्णन गर्न गाह्रो छ । यस्तो अबस्थामा नेपाल सरकारको बिदेशिएका नेपालीहरूलाई आफ्नो देशमा फर्काएर उचित ब्यबस्थापन गर्ने योजना नहुनु खेदजनक बिषय हो । कैंयौ नेपालीले आफ्नो देशमा मर्न चाहन्छु भन्दा पनि मर्न नपाएको पिडा एकातिर छ भने बिभिन्न देशका सरकार ,र रोजगारदाताको नेपालीहरू प्रतीको उदासीनता पनि अर्को तिर छ, यस्तो बिषम परिस्थितिमा पनि देशमा सरकारको फोहोरी खेल र सत्ताधारी पार्टी भित्रको खिचातानी पनि कम खेदजनक छैन । नेपाल सरकार र सत्ता पक्षिय पार्टीले माथि उल्लेख गरेका समस्याको समाधान गरी सम्पूर्ण राजनितिक पार्टी ,संघ संस्थाहरू संग सहकार्य गरेर राष्ट्रीयता ,सार्वभौमिकता र स्वाभिमानको रक्षा गर्न जापान नेपाली एकता समाज सरकार समक्ष जोडदार माँग गर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here