भारतिय अतिक्रमणको बिरोध गर्दा राजमोका दर्जनौ नेता कार्यकर्ता गिरफ्तार ( को को पक्राउ परे – नामावली सहित )

0
52

नारायण शर्मा काठमाडौं / भारतले लिपुलेकमा नेपाली भुमी अतिक्रमण गरेर सडक निर्माण गरेको बिरोधमा प्रदर्शनमा उत्रिएका राजमोका दर्जनौ नेता कार्यकर्ता मंगलबार राजधानी बाट पक्राउ परेका छन ।

काठमाडौं रत्नपार्क शान्तिबाटिका अगाडी बाट प्रहरीले राम बहादुर बुढा, मनु बिक , बिकास भुषाल, नारायण आचार्य, बिमल पोख्रेल , मधु जिसि , धर्म सिम्हाली , हेमराज भुषाल, बिष्णु ओलि ,लक्षमणदेब पाण्डे ,निम बहादुर बुढा, हिमलाल पुरि र रामप्रकाश पुरी लगायतका राजमोका नेता तथा कार्यकर्ताहरुलाइ गिरफ्तार गरेको छ । बिरोध प्रदर्शन पश्चात् शान्तीबाटिका अगाडि कोणसभा संचालन गर्न लागेकै बेला उनिहरुलाइ गिरफ्तार गरिएको थियो । गिरफ्तार सबैलाइ प्रदर्शनी मार्ग स्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । गिरफ्तार नेता कार्यकर्ताहरुलाइ पत्रकारलाइ समेत भेट्न दिइएको छैन ।

महेन्द्र पुलिस क्लबमा काठमाडौंका विभिन्न स्थानमा भारतिय अतिक्रमणका बिरुद्द प्रदर्सनमा उत्रिएका मानव अधिकारबादी नेता कृष्ण पहाडी , साझा पार्टीकि नेतृ रन्जु दर्सना र सत्तारुढ नेकपाका पुण्य गौतम लगायतका ६५ जनालाइ थुनिएको छ । गिरफ्तार सबैलाइ आजै साझनै छाडिने प्रहरीले जनाएको छ ।

काठमाडौंको बनस्थली चोक बाट प्रहरीले ट्रेडयुनियन अन्टुकका केन्द्रीय अध्यक्ष तथा राजमोका नेता नारायण सापकोटा लगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेता सापकोटाले दिउस २ बजे बिरोधसभा संचालन गरिरहेकै अवस्थामा बनस्थलीमा प्रहरिले गिरफ्तार गरेको थियो । गिरफ्तार हुने अन्य राजमोका नेता कार्यकर्ताहरुमा लाल बहादुर थापा , लक्ष्मी केसि , ऋतु केसि ,मिना पुन , मन्जु शर्मा , हिरा केसि , रमेश पौडेल ,तुफान केसि , गायत्री पौडेल , जीवन सेन र बिमला थापा रहेका छ्न । गिरफ्तार सबैलाइ बालाजु प्रहरीकार्यालयमा राखिएको छ ।

यस्तै प्रहरीले राजमोका युवा नेता कृष्ण अधिकारी लाई कलङ्की चोक बाट गिरफ्तार गरेको छ । कलङ्की बाटै राजमोका नेताकार्यकर्ताहरु झबिन्द्र बेलबासे , अमर बहादुर क्षेत्री र गुरुदत्त पौडेल पनि गिरफ्तार भएका छन । बिरोध प्रदर्शन तथा कोणसभाका लागि जुटदै गरेको अवस्थामा उनिहरुलाइ प्रहरिले पक्राउ गरेको थियो । कलङ्की बाट पक्राउ परेका चारै जनालाइ कालिमाटी प्रहरी बृतमा राखिएको छ ।

यस्तै सुकेधारा चोकमा बिरोध प्रदर्शन र सभाको लागि निस्कदै गरेको अवस्थामा राजमो केन्द्रीय कार्यालय अगाडी बाट प्रहरीले रजमोका नेता कार्यकर्ता लाई गिरफ्तार गरेको छ । त्यहा पक्राउ पर्नेहरुमा भैरबराज रेग्मी , आनन्द शर्मा , समीर सिंह ,मधु क्षेत्री ,बिष्णु शर्मा , बाशु पोख्रेल र मदन पाण्डे रहेका छ्न । उनिहरुलाइ कपन प्रहरी चौकिमा राखिएको छ ।

अन्य स्थानमा प्रहरीले पक्राउ गरे पनि गङ्गबु बिजि महल अगाडी भने राजमोका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्सन गर्दै कोण सभा गर्न सफल भएका थिए । त्याहाको सभामा राजमोका नेता कार्यकर्ताहरु आरबि फुयाल, घनश्याम न्यौपाने , बिनोद फुयाल , मन्जु आचार्य भक्त बिक र जगत प्रसाद रेग्मी लगायत सहभागी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here