भारतस्थित  ‘प्रवासी’ नेपालीहरूको समस्या:

0
247
             भारतस्थित नेपालीहरूको कुल सङ्ख्यामा प्रवासी नेपालीहरूको उल्लेखनीय भाग छ । उनीहरूको ठूलो भाग सम्पर्कबाट बाहिर छ । खासगरी, कोठीमा काम गर्ने मजदुरहरू सम्पर्कबाट बाहिर हुन्छन् । उनीहरूसित मजदुरसरहको व्यवहार पनि गरिन्न । त्यस्तैप्रकारको स्थिति गल्लीमा चैकिदारी गर्नेहरूको छ । त्यसो त सङ्गठनसित सम्पर्क नहुँदा कैयौँ नेपालीहरू सम्पर्कविहीन अवस्थामा रहेका पाइन्छन् । तैपनि राम्रा कम्पनी, होटेल, खानी, खेतीपातीमा काम गर्नेहरू तुलनात्मकरुपमा सामुहिकरुपमा बसोबास गर्दछन् । अनुभवले बताउँछ कि जुन नेपालीहरू सामुहिकरुपमा बस्दछन्, उनीहरू सामाजिक सम्पर्कमा रहन्छन् तर जुन मानिसहरू कोठी, गल्लीमा काम गर्दछन्, उनीहरू सम्पर्कमा रहँदैनन्, खालि कुनै दुर्घटनामा परेमा वा अन्यायमा परेमा र ती घटनाहरू सार्वजनिक भएमामात्र उनीहरूको विषयमा थाहा लाग्दछ । यसको परिणाम यो भएको छ कि एउटा उल्लेखनीय नेपालीहरूको भाग सम्पर्कबाट बाहिर छ, जसले गर्दा उनीहरूको हक, हित, अधिकार र सुरक्षाका सवाल उपेक्षित बन्न पुगेका छन् ।
            प्रवासी नेपालीहरू भारतभरी छरिएर रहेका छन् । यो श्रेणीभित्र पनि केही अपेक्षाकृत बढी समयसम्म भारतमा रहन्छन् त केही मौसमी काम छोप्न आएका हुन्छन् । आज-भोलि कोल्ड स्टोरेजहरूमा; हिमाचल, उत्तराखण्डका खेतीपातीहरूमा; भौतिक निर्माण कार्यमा ठेकेदारहरूको मातहतमा तथा कतिपय स्थानमा वेटर पार्टीहरूमा काम गर्नका लागि नेपालीहरूको ठूलो सङ्ख्या भारतमा आउँछन् । उनीहरू खास सिजन छोप्नका लागि मात्र आउँछन्, त्यसपछि स्वदेश फर्कन्छन् । अर्कोतिर, कम्पनीमा वर्षौँसम्म रहँने मजदुरहरू पाइन्छन् । उनीहरूको अपेक्षाकृत मजदुरप्रदत्त अधिकार पाउँछन्, यद्यपि भारतमा श्रम कानुनप्रदत्त अधिकारको सवाल पृष्ठभागमा पर्दै गैरहेको छ । यहाँका कम्पनीहरूमा युनियन खोलेबापत, त्यसका काम गरेबापत् रोजगारीबाट हात धुँनुपर्ने स्थिति छ । आठ घण्टा काम अतीतको विषय भैसकेको छ । अब 12 घण्टा काम सामान्य नियमजस्तै बनेको छ । कम्पनीको रजिष्टरमा दर्ता नगर्ने तर ठेकेदारहरूको मातहतमा काम गराउँने, जसले गर्दा कम्पनीमाथि मजदुरहरूको उत्तरदायित्व वहन गर्ने अवस्था नहोस्, प्रचलन बढ्दै गैरहेको छ । त्यसमाथि भारतका सरकारहरूले पुँजीपतिका पक्ष लिन्छन्, विदेशी पुँजीपतिहरूको पक्ष त अझ बढी (उदाहरणका लागि गुडगांवको होण्डा कम्पनीका मजदुरहरूमाथिको वर्वर प्रहरी दमन, जसको मालिक जापानी हुन्) ।
               प्रवासी नेपालीहरूले रोजगारका सबै क्षेत्रमा हात हालेका छन् । पूर्वोत्तरमा घास काट्ने, दाउरा चिर्ने, कोइलाखानीमा काम गर्ने; उत्तराखण्डमा भारी बोक्ने, खेतीपातीमा काम गर्ने, हिमाचलमा भौतिक निर्माणका कार्य र खेतीपातीमा काम गर्ने, जम्मु-कश्मीरमा भौतिक निर्माण काम गर्ने तथा भारतभरी अपेक्षाकृत स्थायी उपक्रमहरूमा मजदुरी गर्न प्रवासीहरू नै अगाडि छन् । सेनामा नेपालीहरूको सङ्ख्या उल्लेखनीय छ, यद्यपि त्यो सङख्यामा कटौटी गर्दै लगिएको छ । शैक्षिक प्रतिस्थानमा हजारौँ नेपाली विद्यार्थीहरू छन् । वेश्यालयमा लाखौँ नेपाली महिलाहरू छन् । सर्कस् र कोठीमा बाल मजदुरहरू छन् । कतिपय नेपालीहरू सिपमुलक काममा पनि लागेका छन् । कसैले ठेक्कापट्टा, व्यापार र अन्य सिपमुलक काममा लागेका छन् । यी सबै प्रवासी नेपालीहरू नै हुन् । उनीहरूको यसप्रकारको व्यापकताका कारणले गर्दा भारतस्थित नेपालीहरूको विषयमा चर्चा गर्दा प्रवासी मजदुरहरूको विषयमा छलफल नगरिरहन सकिँदैन ।

भारतमा ‘स्थायी’ नेपालीहरूको समस्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here