भारतस्थित नेपालीहरुको जीवनरक्षाको अन्दोलनमा जुटौं: शर्मा

0
481

इलाहावाद, २–३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत इलाहावाद नगर समितिको आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव खगेश्वर शर्माले गर्नुभएको हो ।

शर्माले उद्घाटन भाषणमा भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै निरन्तर श्रमजीवी नेपालीहरुको पक्षमा काम गर्दै आइरहेको बताउनु भयो । शर्माले भन्नु भयो– “चाहे त्यो न्यायको खोजीमा भौतारिने नेपालीहरुको पक्षमा होस् वा चाहे अलपत्र अवस्थामा रहेको नेपालीको पक्षमा । चाहे त्यो कोठिमा बेचिएकी चेली होस् वा चाहे दलालहरुले खाडीका मुलुकमा पुर्‍याउन आँटेका चेलीको पक्षमा होस् । चाहे त्यो प्राकृतिक आपदामा परेर सहयोगको अपेक्षामा रहेकाहरुको पक्षमा होस् वा चाहे प्रशासनद्वारा विभिन्न बहानामा फसाउन आटेका नेपालीहरुलाई उद्धारको सवालमा होस् हामीले निरन्तर हामीबाट हुने हरसम्भव कार्यहरु गरि सहयोग र जनचाहनालाई पूरा गरिरहेका छौं ।”

शर्माले आफूहरुले भारत प्रवासमा सामाजिक कार्यमात्र नगरि देशमा हुने विभिन्न प्रकारका जनसरोकारसित सम्बन्धित आन्दोलनहरुमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउँदै आइरहेको बताउनु भयो । “प्रवासी नेपालीहरुलाई आ–आफ्नो स्थानबाट मताधिकारको मागलाई निरन्तर उठाईरह्यौं, वर्तमान सरकारले सुन्ने कोशिस गरेको छ, हेरौं व्यवहारिक रुपमा कति पुरा गर्दछ हेर्न बाँकि छ ।” वहाँले भन्नु भयो– “त्यस्तै भारत प्रवासमा रहने नेपालीहरुको लागि जीवन विमाको सवाल पनि अत्यन्तै महत्वपूर्ण छ । जो हामीहरुले निरन्तर रुपमा नेपाल सरकारको ध्यानाकर्षण गराईरहेका छौं । यो मागलाई अझै चर्को रुपमा सरकार समक्ष पुर्‍याउनु पर्ने आवश्यकता छ । जसका लागि सम्पूर्ण संघ संस्थाहरुको ऐक्यवद्धताको पनि खाँचो छ ।”

शर्माले देशको तात्कालिक राजनीतिक विषयमा समेत प्रट्याउनु भएको थियो । “एमाले र माओवादी केन्द्र बीच भएको पार्टी एकताबाट बनेको नेकपा (नेकपा) बास्तविक कम्यूनिष्ट पार्टी होइन ।”

वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वले माक्र्सवादी–लेनिनवादी दर्शनमा ठुलो महफ्व राख्दछ । तर दक्षिणपन्थीहरुले हँसिया हथौडा अंकित झण्डा बोकेर ती सिद्धान्तमाथि नै प्रहार गरिरहेका छन् । एमाले र माओवादी केन्द्र बीच भएको पार्टी एकता पनि दक्षिणपन्थी संशोधनवादीहरुको गठजोड भएको शर्माको भनाई थियो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका नारायण जिसी, मूल प्रवाह क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद बस्याल, सदस्य खिमानन्द न्यौंपाने, महिला विभागबाट गोमा थापाले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

उद्घाटन शत्रको अध्यक्षता विष्णु पोखरेलले र सञ्चालन राजु अधिकारीले गर्नुभएको थियो । कार्यक्रम सहभागि अतिथि, प्रतिनिधि, पर्यवेक्ष, कलाकारहरुलाई लक्ष्मी प्रसाद ज्ञावलीले स्वागत गर्नु भयो ।

सम्मेलनले लक्ष्मी प्रसाद ज्ञावलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– किशन सिंह परियार, सचिव– राजु अधिकारी, सहसचिव– अनिल आले र कोषाध्यक्ष– भवानी प्रसाद शर्मा रहेका छन् । त्यस्तै सदस्यमा: विष्णु प्रसाद पोखरेल, गोमा थापा, जंगबहादुर राना, मोहन खनाल, राम बहादुर थापा, माधव सापकोटा, वैकल्पिक सदस्यमा: बुद्ध बहादुर, रोहित राना र हुमनाथ बस्याल रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा दुर्गा प्रसाद न्यौपाने, तिल बहादुर थापा, चित्र बहादुर आचार्यलाई चयन गरेको छ । सल्लाहकारको २ स्थान रिक्त राखिएको छ ।

सोही सम्मेलनको अवसरमा पम्फा न्यौंपानेको अध्यक्षतामा इलाहावाद महिला नगर विभाग गठन गरिएको छ । जसमा: सचिव– सविता शर्मा, कोषाध्यक्ष– गोमा थापा, सदस्यहरु क्रमश: गंगा ज्ञवाली, गिता खनाल, कल्पना शर्मा, सीता पन्थ र निरा आले रहेका छन् ।

त्यस्तै रक्तिम नगर विभाग पनि गठन गरिएको छ । जसमा: संयोजक– मिनु सिंह ठकुरी, सदस्यहरु क्रमश: सीता थापा, मनिषा थापा, आँचल थापा, लक्षु आले राना, अमन थापा, अमृत सिंजाली र गोमा थापा रहेका छन् । नयाँ समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष राम प्रसाद बस्यालले गर्नुभएको थियो ।

नयाँ समितिलाई प्रमुख अतिथि खगेश्वर शर्मा, केन्द्रीय समितिको कोषाध्यक्ष रुक बहादुर केसी, राष्ट्रिय जनमोर्चाका नारायण जिसी, अखिल नेपाल युवक संघका विष्णु शर्मा, महिला विभाग नगर अध्यक्ष पम्फा न्यौंपाने लगायतले बधाई दिनु भएको थियो ।

घोषणा सभाको अध्यक्षता खिमानन्द न्यौंपानेले र सञ्चालन राजु अधिकारीले गर्नुभएको थियो कार्यक्रममा सहभागिहरुलाई विष्णु प्रसाद पोखरेल र कलाकारहरुले स्वागत गरेका थिए ।

कार्यक्रममको बीच बीचमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिका कार्यक्रम प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here