भारतमा घटेका रहस्यमय घटनाहरु, अझै पनि खोजविन जारी

0
334

धनवीर पुन मगर

आरुषि–हेमराज हत्याकांडका दोषि मानिएका तलवार दम्पत्ती गत वर्ष (१२ अक्टोबर २०१७) बाट रिहा भएका छन् । यस पछि प्रश्न फेरी जीवित भएको छ कि आरुषि र हेमाराजको हत्या कसले गर्‍यो ? २००८ मा भएको यो हत्याकांडले भारतमा काफी चर्चा पाएको थियो । यस्तै कैयौं हत्याकांडहरु छन् जसले भारतमा सनसनी फैलियो । कैयौंको गुत्थी अझैसम्म सुल्झीएको छैन, केहीको भने लामो कोशिस पश्चात सुलझीएको बताइएको छ ।

आरुषि–हेमराज हत्याकाण्ड जस्तो कौतुहल मुद्दा आजसम्म भारतमा देखिएको छैन । जसको जाँच पहिला उत्तर प्रदेश पुलिस अनि सीबीआई (Central bureau of investigation) को दुई छुट्टाछुट्टै टिमहरुले गरे । तर पनि कैयौं कमजोरीहरु रहेकोमा कानूनका जानकारहरु पनि अचम्वीत छन् । राजेश तलवार र नूपुर तलवार रिहा भए पछि प्रश्न उठेको छ कि आखिर आरुषि र हेमराजको हत्या कसले गर्‍यो ? सीबीआईको विशेष न्यायालयले २८ नवंबर २०१३ मा तलवार दम्पत्तीलाई हत्याको दोषी मानेर उनीहरुलाई आजीवन जेल चलान गरेको थियो । तर अहिले तलवार दम्पत्ती एकाएक रिहा हुनु सीबीआईको लागि भने चुनौती नै हो ।

इलाहाबाद उच्च न्यायालयले तलवार दम्पत्तीलाई निर्दोष सावित गर्‍यो भन्नु उचित नहोला । वास्तवमा, न्यायालयले स्पष्ट गरेको छ कि तलवार दम्पत्तीलाई संकाको फाइदा दिंदै रिहा गरिएको छ । सीबीआई कोर्टले जुन आधारहरु माथि राजेश र नूपुर माथि फैसला सुनाएको थियो, हाईकोर्टले ति आधारहरुलाई अपर्याप्त बतायो । इलाहाबाद उच्च न्यायालयको भनाई यो रह्यो कि उपलब्ध सबूतहरुको आधारमा तलवार दम्पतीलाई दोषी सावित गर्न अप्ठ्यारो छ । फैसलाको अनुसार तलवार दम्पत्तीलाई दोषी सावित गर्नका लागि परिस्थिति र साक्षी उपयुक्त नरहेको बताइएको छ । यो घटनाको कुनै चश्मदीद साक्षी नै थिएन । यसैले सीबीआईको अगाडि केवल परिस्थिति जन्य साक्षीलाई नै आधार थियो ।

सीबीआई न्यायालयले तलवार दम्पत्तीलाई सजा सुनाउँदा परिस्थितिजन्य सबुतको नै हवाला दिएको थियो । तर अहिले उच्च न्यायालयले यसलाई उल्टाई दिएको छ । १६ मई २००८ मा नोएडाको जलवायु विहार स्थित घरमा १४ वर्षकी आरुषिको हत्या घाटी रेटेर भएको थियो । पहिला घरेलू कामदार हेमराजमाथि शंका गरियो, किनकी उनी पनि लापत्ता थिए । तर दुई दिन पछि अचानक सोही घरको छतमा हेमराजको शव भेटिएको थियो ।

त्यती वेला आरुषि – हेमराजको हत्या डाक्टर राजेश तलवारले नै गरेको नोएडा पुलिसले दावा गरेको थियो । पुलिसले अनर किलिंगको आरोप लगाएको थियो । २३ मई २००८ मा पुलिसले राजेश तलवारलाई गिरफ्तार पनि गरेको थियो । त्यस पछि राजनीतिक वृत्तमा समेत निकै हलचल मचिए पछि तत्कालीन मुख्यमंत्री मायावतीले जांच सीबीआईलाई सुम्पीनका लागि केन्द्र सरकार समक्ष सिफारिस समेत गररेकी थिइन् । सीबीआईको पहिलो टिमले तलवार दम्पत्तीलाई निर्दोष बतायो र तीन कामदारहरु कृष्णा, राजकुमार र विजय मंडललाई शंकाको आधारमा गिरफ्तार गरेको थियो । त्यस पछि सितम्बर २००९ मा सीबीआईको दोश्रो टीमले जांच शुरू गर्‍यो, जसले तलवार दम्पत्तीलाई पुन: मुख्य आरोपी मानेको थियो ।

तर सोही टिम यो निष्कर्षमा पुगेको थियो कि २९ दिसम्बर, २०१० मा विशेष न्यायालय मार्फत रिर्पोट क्लोजर गराउन निवेदन गरेको थियो । यसरी यो मामला सोही दिन समाप्त हुने थियो, तर न्यायालयले क्लोजर रिपोर्टलाई मान्न तयार नभई पुन: सीबीआईलाई जांचका लागि आदेश दिएको थियो । त्यस पछि नै तलवार दम्पत्तीलाई पुन: आरोपी बनाइयो र २६ नवंबर, २०१३ मा आजिवन कारावासको सजाय सुनाइएको थियो ।

यदि सीबीआईको विशेष अदालतले कडा निर्देशन नदिएको हुन्थ्यो भने जांच एजेंसीले २०१० मा नै यो मुद्दा समाप्त भएको मानिएको थियो । इलाहाबाद उच्च न्यायालयको फैसला पछि के यो मानौं कि सीबीआईको टिम त्यती वेला नै सही थियो ? प्रश्न उपयुक्त हुने छैन । आरुषि र हेमराजको हत्या घरभित्रै नै हुन्छ, घरको ढोकाहरु बंद छन् र भित्र केवल केवल तलवार दम्पत्ती मात्रै छन् भने हत्यारा को थियो ? यो प्रश्न उठछ ।

आरुषि–हेमराज मर्डर केशको मात्रै सवाल आफ्नो स्थानमा महत्वपूर्ण होला तर भारतमा कैयौं यस्ता केशहरु छन् जो अत्यन्तै पेचिदा छन् । नत ति केशहरु सुल्झाइएका छन् नत पुक्ता सबुतहरु नै जाँच एजेन्सीहरुले फेला पारेका छन् ।

सुनंदा पुष्कर हत्याकांड :

सुनंदा भारतीय उद्यमी और कांग्रेस नेता शशि थरूरकी पत्नी थिइन् । १७ जनवरी, २०१२ मा उनको शव दिल्लीको चाणक्यपुरी स्थित एक होटलको रुममा भेटिएको थियो । एम्सका डाक्टरहरुद्वारा आटोप्सीको रिपोर्टमा उनको मृत्यु ड्रगको ओवरडोजबाट भएको बताईएको थियो । एक जुलाई, २०१४मा एम्सका डाक्टर सुधीर गुप्ताले दावा गरेका थिए कि उनलाई झूठो रिपोर्ट बनाउनका लागि दबाव दिइएको थियो । १० अक्टूबर, २०१४ मा सुनंदालाई जहर दिइएको मेडिकल टीमले बताएको थियो । ६ जनवरीको दिल्ली पुलिसले सुनंदाको हत्याको एफआइआर दर्ज गरि । जांच अहिले पनि जारी छ ।

शीना बोरा हत्याकांड :

२४ अप्रैल, २०१२ मा मुंबईमा रहँदै आएकी २५ वर्षीय शीना बोरा लापता भएकी थिइन् । तीन साल पछि अगस्त, २०१५मा मुंबई पुलिसले उनको हत्याको आरोपमा उनकी आमा इन्द्राणी मुखर्जी, काका बाउ संजीव खन्ना र ड्राइवर श्यामवरलाई गिरफ्तार गर्‍यो । नवंबरमा इन्द्राणीको अर्को पति पीटर मुखर्जीलाई पनि गिरफ्तार गर्‍यो । यो केशको हाल सीबीआईले छानविन गरिरहेको छ ।

सैयद मोदी हत्याकांड :

यो जुलाई, १९८८ को घटना हो । आठ पटक राष्ट्रीय बैडमिंटन चैंपियन भइसकेका सैयद मोदीको लखनऊमा २८ जुलाई, १९८८ मा हत्या भएको थियो । साजिशको पन्नाहरु जसै–जसै खुल्दै गए, सबै कुराहरु स्पष्ट हुँदै गएका थिए । मामलामा उनकी पत्नी अमिता मोदी र त्यस समय राजनीतिक सम्बन्ध राख्नेवाला संजय सिंहको नाम आगाडि आएको थियो । सीबीआईले जांच शुरू गर्‍यो, अमिता, संजय सिंह र राजनेता अखिलेश सिंहको विरुद्ध हत्याको योजना बनाएकोमा चार्जशीट बुझायो । हत्याकांडको अंजाम दिनेहरुमा अखिलेशका चार कार्यकर्ताहरुको नाम आएको थियो । पछि अदालतबाट अमिता, संजय र अखिलेश रिहा भएका थिए । २००९ मा अखिलेशका चार कार्यकर्ता मध्यबाट एक भगवती सिंह सैयद मोदीको हत्याराभएको सावित गरियो तर कारण स्पष्ट हुन सकेन ।

जिया खान हत्या या मर्डर :

जिया खान एक ब्रिटिश–अमेरिकन एक्ट्रेस थिइन् र उनले बालीवुडमा अभिनयको शुरुआत गरेकी थिइन् । तर ३ जून २०१३ मा जब जिया खानको मृत्युको खबर आयो त्यसबाट सबै अचम्भित भए । जियाले साल २००७ मा रामगोपाल वर्माको फिल्म ‘निशब्द’ बाट बालीवुडमा एंट्री गरेकी थिइन र यो फिल्ममा उनको साथमा अमिताभ बच्चन छन् । पछि जियाले फिल्म गजनी र हाउसफुलमा पनि भी काम गरिन् । मुंबईमा जुहूस्थित सागर संगीत बिल्डिंगमा आफ्नै रुममै जिया पंखामा झुंडीरहेको भेटिएकी थिइन् । शुरूमा त्यो घटनालाई आत्महत्या मानियो, तर पछि जियाकी आमाले उनको ब्वाय फ्रेंड रहेका सूरज पंचोलीमाथि हत्याको आरोप लगाइन् । यस मामलाको पनि सीबीआईले जाँच गरिरहेको छ ।

बालिक बधुको आत्महत्या :

१ अप्रैल २०१६ को प्रत्यूषा बनर्जी अर्थात टीवीकी प्यारी बालिका बधुको मृत्यूको खबरले पनि धेरै मानिसहरु चकित परेका थिए । प्रत्यूषा आफ्नो अपार्टमेंटमा नै मृत भेटिएकी थिइन् । प्रत्यूषाको मृत्युलाई आज पनि आत्महत्या नै मानिएको छ । तर उनको ब्वाय फ्रेंड राहुल राज माथि आत्महत्याको लागि उकसाएको आरोप पनि छ । राहुललाई गिरफ्तार गरिए पनि उनले जमानत पाइसकेका छन् ।

रिजवान–उर–रहमान :

रिजवान–उर–रहमान नामका युवक २१ सितंबर २००७ मा कोलकातामा रेलवे ट्रैकको नजिक मृत भेटीएका थिए । हत्याको केही दिन पहिले उनले लक्ष होजिरी ग्रुपका मालिक उद्योगपति ओशोक तोदीकी छोरी प्रियंकासँग विवाह गरेका थिए । रिजवान र प्रियंकाले आफ्ना माता–पितालाई त्यो विवाहको जानकारी दिएका थिएनन्, उनीहरुलाई डर थियो कि उनीहरुको यो सम्बन्धलाई स्वीकार गरिने छैन । एक जना साथीको सलाह अनुसार दुबै जनाले पुलिस कमिश्नरलाई चिठ्ठी लेखेर आफ्नो लागि सुरक्षा मांगेका थिए । यो मामला आजसम्म स्पष्ट भएको छैन कि रिजवानले आत्महत्या गरेका थिए वा उनको हत्या गरिएको थियो ।

जेसिका लाल हत्याकांड :

२९ अप्रैल, १९९९ को पूर्व केन्द्रीय मंत्री विनोद शर्माका छोरा मनु शर्माले दक्षिणी दिल्लीको एक रेष्टोरन्टमा ३४ वर्षीय माडल जेसिका लाललाई गोली हानेर हत्या गरेका थिए । जेसिका द्वारा मनुलाई रक्सी गिलासमा राख्न नमान्नु नै, हत्याको कारण बताइएको थियो । पक्राउ परिसके पछि २१ जनवरी, २००६ मा मनु शर्मा कोर्टबाट रिहा भए । तर देशव्यापी भएको विरोध प्रदर्शनले सुनुवाई पुन: दिल्ली हाईकोर्टमा भयो । २० फरवरी, २००६ मा उनलाई आजीवन कारावासको सुनाइएको थियो ।

विद्या जैन हत्याकांड :

मामला दिसंबर, १९७३ को हो । डा. एनएस जैन भारतको चिरपरिचित नेत्र विशेषज्ञ थिए । तत्कालीन राष्ट्रपति वीवी गिरीको उनी मानद डाक्टर पनि थिए । चार दिसंबरको उनकी पत्नी विद्यालाई कुनै मानिसहरुले चाकू हानेर गंभीर रूपले घायल बनाएका थिए । अस्पताल जाँदै गर्दा उनको मृत्यू भएको थियो । पछि पुलिसको जांच क्रममा हत्याकांडमा उनकै पति यानी डा. एनएस जैन र उनकी प्रेमिकाको नाम अगाडि आएको थियो ।

नैना साहनी हत्याकांड :

तंदूर कांड नामबाट यो मामला पूरा भारतमा में चर्चित भएको थियो । दुई जुलाई, १९९५ को दिल्ली युवा कांग्रेसका तत्कालीन अध्यक्ष सुशील शर्माले आफ्नी पत्नी नैना साहनीको हत्या गरेका थिए । त्यस दिन सुशील आफ्नो घर पुग्दा नैना कुनै अन्य व्यक्तिसँग फोनमा कुरा गरिरहेकी थिइन् । सुशीललाई देख्ना साथ उनले फोन काटेकी थिइन् । सुशीलले रिडायल गरेर पत्ता लगाउँदा नैनाले आफ्नो साथी मकतूल करीमसँग कुरा गर्दै थिइन् । सुशीलले लाइसेंसी रिवाल्वरले नैनालाई गोली हानेर हत्या गरेका थिए । पछि आफ्नो रेस्तरां मैनेजरको मददबाट शवलाई टुक्रा–टुक्रा पारेर तंदूरमा जलाउने कोशिश गरे । सुशीलले बेंगलुरु पुलिसको समक्ष आत्मसमर्पण गरेका थिए ।

संजय, गीता चोपडा हत्याकांड :

१९७८ मा दिल्लीमा रंगा र बिल्लाले फिरौतीको लागि संजय र गीता नामका दुई बच्चाहरुको अपहरण गरेका थिए । जब बच्चाहरुका पिता नौसेना अधिकारी भएको उनीहरुलाई थाहा लाग्यो, उनीहरुले आफ्नो योजना फेरे । पछि उनीहरुले गीतालाई बलात्कार गरे र दुबैको हत्या गरेका थिए । त्यस पछि बदमाशहरु शहर छोडेर भागे । केही महिना पछि पक्राउ परेका उनीहरुलाई १९८२ मा फाँसी दिइएको थियो ।

मधुमिता हत्याकांड :

२२ वर्षीय मधुमिता शुक्लाको हत्या पछि २००३ मा उत्तर प्रदेशको राजनीति वृत्तमा समेत हलचल आएको थियो । भारत भरी नै यो हत्याकांडको चर्चा थियो । मधुमिताको हत्याको आरोप उत्तर प्रदेशका चर्चित नेता अमरमणि त्रिपाठी माथि लागेको थियो । त्यस समय उनी मायावती सरकारमा कैबिनेट मंत्री थिए । पछि मायावतीले त्रिपाठीलाई सरकारबाट र पार्टीबाट समेत निकालेका थिए । हाल उनी उनै नवोदित कवयित्री मधुमिताको हत्याको जुर्ममा आजिवन कारावासको सजाय काटिरहेका छन् । मधुमिताको उनकै घरमा गोली हानेर हत्या गरिएको थियो । हत्याको समय उनी गर्भवती थिइन र डीएनए टेस्टबाट पता लागेको थियो कि उनको पेटमा रहेको बच्चा अमरमणि त्रिपाठीको नै थियो ।

प्रमोद महाजन हत्याकांड :

भारतीय जनता पार्टी (भाजपा) का प्ररिचित नेता मानिने प्रमोद महाजनको हत्याकांड पनि काफी चर्चामा थियो । प्रमोद महाजनकै कान्छा भाई प्रवीण महाजनले उनको वर्ली (मुंबई) स्थिति घरमा अप्रैल २००६ मा गोली हानेर हत्या गरेका थिए । ठूलो दाईको हत्या पछि प्रवीण आरामसँग नजिकैको पुलिस स्टेशनमा पुगे र बताए, ‘मेरा नाम प्रवीण हो र मैंले आफ्नो दाई प्रमोद महाजनको हत्या गरें ।’ प्रवीणलाई उम्रकैदको सजाय सुनाईयो र मार्च २०१० मा उनको ब्रेन हैमरेजबाट मौत भयो ।

शिवानी भटनागर हत्याकांड :

एक प्रमुख अंग्रेजी दैनिक अखबारमा प्रिंसिपल कारेस्पोंडेंसको रुपमा काम गर्ने शिवानी भटनागरको पूर्वी दिल्ली स्थित नवकुंज अपार्टमेंटमा जनवरी १९९९ मा बेरहमीसँग हत्या भएको थियो । यस हत्याकांडले भारत भरी नै मानिसहरुलाई त्रसित भएका थिए । आखिरकार हरियाणा पुलिसका आईजी रविकांत शर्मा गुनहगारको रूपमा आगाडि आएका थिए । रविकांत शर्माले सितंबर २००२ मा आत्मसमर्पण गरेका थिए । स्थानीय अदालतले रविकांत सहित चार जनालाई दोषी घोषणा गरेको थियो, तर २००१ मा हाईकोर्टले पूर्व आईजीलाई आरोपमुक्त गरेको थियो ।

प्रियदर्शिनी मट्टू केस :

कानूनको पढाई गरिरहेकी प्रियदर्शिनी मट्टू २३ जनवरी १९९६ मा आफ्नो अंकलको घरमा मृत भेटिएकी थिइन् । प्रियदर्शिनीको सीनियर संतोष कुमार सिंहले कैयौं वर्षबाट उनलाई सताइ रहेको थियो । यो हत्याको आरोप पनि उनै संतोष कुमार माथि लागेको थियो । संतोष एक प्रभावशाली आईपीएस अफसरका छोरा हुन् । संतोषले बिजलीको तार प्रियदर्शिनीको गर्दनमा बेरेर उनको हत्या गरेको पछि खुलासा भएको थियो । यती मात्र नभई उसले आफ्नो हेलमेटले प्रियदर्शिनीको चेहरामा कैयौं वार गरेका थिए जसका कारण प्रियदर्शिनीलाई चिन्न समेत मुश्किल परेको थियो । अक्टूबर २००६ मा दिल्ली हाईकोर्टले संतोषलाई फांसीको सजा सुनायो, तर पछि सुप्रीम कोर्टले उनलाई आजिवन कारावासमा परिवर्तन गर्‍यो ।

यसरी भारतमा कैयौं केशहरु विना फैसला नै चाङ्ग लागेका छन् भने, कैयौं गोल मटोल गरेर दोषीहरुलाई नै सत्ता, सम्पत्ती र सोर्सको आधारमा उनमुक्ती दिने काम भएका पनि छन् । तर यस पटकको तलवार दम्पत्तीको सवालमा भने जांच एजिन्सीहरुद्वारा नै कहिले कसलाई दोशी बनाउने त कहिले कसलाई । यसको प्रत्यक्ष मार भने विपन्न उनै कामदारहरु पर्ने हुन् कि ? शंका उपशंकाहरु सर्वत्र हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here