भारतबाट पनि नेपालको संघीयता विरुद्ध आन्दोलनलाई जनमत तयार पारिंदै

0
1093

मुम्बई । संघीयता विरुद्धको आन्दोलनमा जनमत तयार पार्न राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपाली यतिवेला भारतको विभिन्न शहरमा नेपाली श्रमजिवीहरुलाई संगठित गर्दै र प्रशिक्षण दिंदै हिडनु भएको छ ।

राष्ट्रिय जनमोर्चाल सङ्घीयताकै परिणाम भएको उल्लेख गर्दै सङ्घीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापनामा जोड दिंदै आइरहेको छ ।

अहिले देशमा भइरहेको करवृद्धि सङ्घीयताको नै परिणाम भएको राष्ट्रिय जनमोर्चाले देश व्यापी रुपमा दुई महिने अभियान चलाएको छ । सङ्घीयता अन्तर्गत प्रादेशिक संरचनाको अत्याधिक खर्च बढेको हुनाले स्थानीय तहलाई केन्द्र सरकारबाट मिल्ने अनुदान धेरै नै कम भएको राजमोले बताएको छ ।

नेपालीले हालसम्म मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रायगढको नावामा १७ अगस्तका दिन पशिक्षण कार्यक्रम सम्पन्न पार्नु भएको छ । कार्यक्रममा रश्मीराज नेपाली, प्रेम पौडेल र श्याम त्रामुको आतिथ्यता रहेको थियो ।

त्यस्तै अलिबागमा १८ अगस्तका दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रश्मीराज नेपाली, प्रेम पौडेल र खुम पुनको आतिथ्यता रहेको थियो ।

त्यस्तै तारापुरमा २१ अगस्तका दिन रश्मीराज नेपाली, प्रेम पौडेल र टंक कुँवरको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै नेता नेपालीले पश्चिम भारत अन्तर्गतका विभिन्न शहरहरुमा प्रवासी नेपालीहरुलाई भेटी नेपालमा संघीयताले उपयुक्त नभएको बताउँदै सुरत, सिलवास, वापी, सुरत दक्षिण, नाडियाड र अहेमदावादमा प्रशिक्षण दिइसक्नु भएको छ ।

सुरतमा २३ अगस्तको दिन रश्मीराज नेपाली र नविन कार्कीको आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सुरत दक्षिणमा २५ अगस्तका दिन रश्मीराज नेपाली र धुर्व न्यौंपानेको आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै नाडियाडमा २९ अगस्तका दिन जगत विष्टको अध्यक्षता तथा दिप बहादुर विष्टको सञ्चालनबाट अगाडि बढेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि रश्मीराज नेपाली, अतिथिहरु प्रेम पौडेल र भिमसिंह विष्टको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here