भारतद्वारा नेपाली भूमी अतिक्रमणका विरुद्ध टोकियोमा अन्तरक्रिया सम्पन्न

0
296

जापान/ नेपाली एकता समाज, टोक्योले नयाँ  वर्ष सन् २०२० को अवसर पारेर अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । एकता समाजले भारतद्वारा नेपालको सिमा अतिक्रमणका विरुद्ध प्रवासी नेपालीहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो । समाजका अध्यक्ष देबेन्द्र बस्यालले प्रस्तुत गर्नु भएको कार्यपत्रमाथी समाजका बरिष्ठ सल्लाहाकार विष्णु के.सी, समाजका उपाध्यक्ष डण्ड केसी, समाजका कोषध्यक्ष सालिकराम सापकोटाले तिप्पणी गर्नु भएको थियो । त्यसैगरी समाजका सदस्य हरिसापकोटा र सचिब बासु पौडेलले पनि आफ्ना भनाइहरु राख्नु भएको थियो । टिप्पणीकार साथीहरुले दिनुभएको सल्लाह र सुझावहरुलाई समेटेर कार्यपत्र पछि प्रकासीत गर्नेछ । भारतले कहिलै पनि एक असल छिमेकीको भूमिका निर्भाह गर्न नसकेको र सधैं नेपालीहरुको मन दुखाउने कार्य गर्ने गरेकोले भारतको मिचाहा प्रवृत्तीको विरुद्ध व्यापक रुपमा दबावमूलक कार्यक्रमहरु गर्नु पर्छ, जापान स्थित नेपाली राजदुतावासमा समेत ज्ञापन पत्र बुझाउने काम गर्नु पर्छ र आवस्यक परे हामी नेपाली आमाको स्वाभिमानको रक्षाको निमित्त लड्न स्वदेश फर्कन पनि तयार छौ भन्ने प्रण गर्दै कार्यक्रम समापन भएको थियो । बासु सर्माले संचालन गर्नु भएको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष देबेन्द्र बस्यालले गर्नु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here