भन्थ्यौ भाइ सँधै,नल्याउ कोसेली,मिठाई पुरी बाबर ।
दक्षिणासँग टाँसिएर कसरी हाँसेँ हुँला धर्धर
बिदेश छु अहिले तथापि कहिलै पराई भने होइन ।
बग्छन् आँसु साउने भेल सरी ,आँखा पुछेँ , रोइनँ ।
मेरो लागी भनेर भाइ अहिले गहना, लुगा, ब्यन्जन
दाजुको मन दुख्छ झट्ट तिमीले तयार नगर्नु भन ।
आमाको गर ख्याल भै खुशी सँधै शुन्य नमान्नु घर
सारा कष्ट बढार्न भाइ मैले फोर्छु यही ओखर ।
फुल्थ्यो फुलहरु, त्यो सुन्दर कति रंगीन्थ्यो बारी पनि ।
नाच्थ्यौं हामीहरु गई घरघर देउसी र भैलो भनी ।
हिजै देखी समालिदैंछु कसरी मनले त मान्दैनथ्यो ।
पड्किन्छन् पटका बसेर मुटुमा रोयो बलेको दियो ।
कल्पेरै मन थामुला मखमली माला लिई आउने।
आजैबाट निमन्त्रणा गरीसके अर्को टिका लाउने ।
पानी हो मन यो परन्तु म भने बग्ने खोला होईन
मन दुख्छ परदेशमा घरीघरी आँखा पुछेँ रोईनँ ।
(वहाँकै फेसबुक वालबाट)