भलिवल प्रतियोगिता सम्पन्न

0
279

निमराना, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत निमराना नगर समितिद्वारा संचालित बावल टोल समितिको आयोजनामा १५ अगस्तका दिन भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

पुरन घर्तीको सञ्चालन, जोगबहादुर आलेको अध्यक्षताबाट अगाडि बढेको सो भलिबल प्रतियोगितामा सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिम क्षेत्रीय सदस्य देवराज पुनले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम बावल ए भएको थियो भने द्वितीय स्थान बावल बीले प्राप्त गरेको थियो तृतीय स्थान हेवेल्स कम्पनी निमरानाले प्राप्त गरेको थियो थियो । विजयी टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथिद्वारा पुरस्कृत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here