बेलायतमा एनआरएनए अध्यक्ष पन्तलाई कालो झण्डा, आर्थिक घोटाला छानविनको माग

0
82
– भोला लामिछाने, युरोप

गैह्र आवासीय नेपाली संघ बेलायतको स्थापना दिवसमा भागलिन गएका एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्तलाई बेलायतमा कालो झण्डा देखाईएको छ । स्थापना दिवस मनाईरहदा एनआरएनएका अध्यक्ष लाई नै कालो झन्डा देखाईयो । सायद यो नै पहिलो घटना हो एनआरएनएको इतिहासमा ।

” अध्यक्षलाई नै औपचारिक कार्यक्रममा कालो झण्डा देखाईरहनु हाम्रो बाध्यता हो, किनभने एनआरएनए बेलायतमा चुनाव देखी नै विभिन्नबदमासी र आर्थिक घोटलाका कार्यहरू प्रत्यक्ष देखेको र यसको समाधान गर्नुको साटो झन् झन् झन संस्थालाई एकलौटी हिसाबमा अध्यक्ष पुनम गुरूडंले मन परेका आफ्ना व्यक्तिहरूलाई नियुक्त गरेको साथै नियुक्ति प्रक्रिया पुरा नगरी बिभीन्न सम्मान समेतको आयोजना गरिएको आरोप लगाउदै” कालो झण्डा देखाउदै बिरोध गर्ने सहभागीहरुले चर्को नाराबाजी पनि गरे। ” चुनाव ताका सदस्य बनाउन हामी सबै चाहिने, यतिबेला हाम्रा कुरा नसुन्ने” उनीहरुले आरोप समेत लगाए ।

विश्व कोरोना भाईरसबाट आक्रान्त भएको समयमा संसारभर विभिन्न कार्यक्रमहरू स्थगित गरिएको प्रसंगमा एनआरएनए युकेले पनि सो कार्यक्रम स्थगित गर्नुपर्ने जनआवाज आईरेहको थियो । यसलाई एनआरएनए युकेले वास्तै गरेन ।अध्यक्ष पन्त ले कोरना का कारण कार्यक्रममा उपस्थित हुन नसकेको र पहिला एनआर एन यू के को घरको समस्या समाधान गर्नुस भनेर शुभकामना मात्र दिएको भए पनी वाई वाई कमाउथे यसो पनी गरेनन् ।

एनआरएनए युकेको सम्मान कार्यक्रमविरुद्ध कार्यसमितिकै चार उपाध्यक्षहरुले विद्रोह गरिसकेका थिए। बिहीबार अल्डरसटमा हुने तयारी भइरहेको संस्थापक र सल्लाहकारहरुको सम्मानको पूर्वसन्ध्यामा एनआरएनए यूकेका ४ उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले संयुक्त प्रेस सम्मेलन मार्फत उक्त कार्यक्रम विधान विपरीत भएको जनाउदै विद्रोह समेत गरेका थिए ।

कार्यसमितीबाटै कतिपय सहभागीहरूले निर्वाचन निष्पक्ष नभएको समेत बताएका छन् । आईसीसी अध्यक्ष पन्तलाई एक पक्षले जसरी पनि प्रमुख अतिथीको रुपमा बोलाउने र अर्को पक्षले बिबादित कार्यक्रममा न आउन अनुरोध गरेको थियो । निबर्तमान कार्यसमितिले करीब चार लाख पाउन्डको हिसाब किताब नबुझाउदा र निर्वाचन पनि पारदर्शी नहुँदा सर्बसाधारणले छानबिनको माग गरिरहेका छन् ।

काठमाडौँको बालुवाटारमा रहेको जग्गामा करौडौ खर्चेर बनाईएको एनआरएनए भवन सरकारी जग्गामा रहेको अख़्तियारले बताएपछि पछिल्लो समय सबैको साझा संस्था भनिएपनि धेरै व्यक्तिहरु निरास बनेका छन् । एनआरएनएका नेताहरूको कतिपय खराब कृयाकलापले गर्दा दिनानुदिन संस्थाको साख गिर्दो छ । भवनको जग्गाको वास्तविकता सोध्दा अध्यक्ष पन्त नै अनभिज्ञ छन् । संघलाई केवल दलाल र भु माफीयाले फसाईएको पक्का हो भनेर प्रतिक्रीया दिएर अध्यक्ष पन्त पन्छिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here