बेंगलोर दक्षिणमा महिला भेला सम्पन्न

0
308

बेंगलोर, ५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण बेंगलोर नगर समिति अन्र्तगत महिला विभाग र सा“स्कृतिक विभागको भेला सम्पन्न भएको छ ।

गणेशरामको सञ्चालन तथा पार्वती विकको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय सदस्य रामसिंह, दशरथ विक, धर्मराम विक, दक्षिण नगर समितिका किसन विक लगायतको आतिथ्यता रहेको थियो ।

अतिथिहरुले भेलालाई सम्बोधन गर्दै महिलाहरु संगठित रुपमा अगाडि आउनु पर्ने बताए । जबसम्म स्वयं महिलाहरु नै आफ्नो अधिकारको लागि अगाडि आउ“दैनन् उनीहरुले पाउने अधिकारको दायरा पनि सामान्य रहने बताए ।

भेलाले पार्वती विकको अध्यक्षतामा ११ सदस्यीय महिला नगर विभाग गठन गरेको छ । जजसमाः सचिव कलावती दयाल, कोषाध्यक्ष मिना विक र सदस्यहरुमा द्रोपती विक, बसन्ती विक, हिरा विक, राधिका विक, राजु विक, लिपति विक र मञ्जु दयाल रहेका छन् ।

त्यस्तै भेलाले मोहन नेपालीको संयोजकत्वमा ११ सदस्यीय सा“स्कृतिक विभाग गठन गरिएको छ । जसमा सदस्यहरु क्रमशः गणेशराम विक, नविन दयाल, रामसिंह विक, सरिता, सन्तोषी विक, विन्दु, उषा, पुष्पा, दिपक, दशरथ, डम्बर रहेका छन् ।

नया“ समितिलाई रामसिंह, दशरथ विक, करन दयाल लगायतले कार्यकाल सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here