बेंगलोरमा विश्व महिला सम्मेलन शुरु

0
315
मंसिर १६, बेंगलोर । भारतको कर्नाटका राज्यको राजधानी बेंगलोरमा विश्व महिला सम्मेलन आजदेखि शुरुभएको छ । सम्मेलनमा विश्वका १५ देशहरुबाट प्रतिनिधित्व भएको हामीलाई एक प्रतिनिधिले जानकारी दिनुभएको छ ।
                   नेपालको तर्फबाट सांसद दुर्गा पौडेलले उद्घाटन मनतव्य दिनुभएको थियो । पौडेलले नेपाली महिलाहरुको मूल समस्या पैतृक सम्पत्तीमा अधिकारबाट बञ्चित हुनुन नै रहेको बताउनु भयो । पौडेलले भन्नु भयो– “विश्वका स्तरमा हेर्दा नेपाली महिलाहरु भन्दा अन्य देशका महिलाहरु अधिकार सम्पन्न भएको देखिएता पनि सारमा समस्या उस्तै रहेको छ ।” पौडेलले अगाडि भन्नु भयो– “नेपाली महिलाहरु लामो समयसम्म पैतृक सम्पत्तीमा अधिकार विहिन भए, अन्य देशका महिलाहरु त्यो अधिकारबाट बञ्चित नभएता पनि पुरुष प्रधान समाजले उनीहरुमाथि थिचोमिचो कायम नै राख्दै आएको छ ।”
                   लामो संघर्ष पश्चात नेपालको संविधानमा महिलाहरुलाई पैतृक सम्पत्तीमा समान अधिकार प्राप्त भएको सांसद पौडेलले बताउनु भयो ।
                   तर पुरुषप्रधान समाजले महिलाहरुलाई गर्ने गलत क्रियाकलाप झनै बढेर गएको बताउँदै पौडेलले भन्नु भयो– “७० वर्षकी वृद्धादेखि ५ वर्षसम्मकी वालिकाहरुलाई समेत बलात्कार गरेर मार्ने जस्ता जघन्य अपराध भइरहेका छन् । यसरी पुरुषप्रधान समाजले महिलाहरुलाई बाच्ने अधिकार समेतबाट बञ्चित गर्ने कोशिस गर्दै आएको छ ।” आम महिलाहरु आफूहरुमाथि भइरहेका अन्यायका विरुद्ध संगठित रुपमा नै विश्वस्तरमा लाग्नु पर्ने पौडेलले आव्हान गर्नु भयो ।
                    आज पहिलो दिन “महिला मुक्तिका लागि अन्तर्राष्ट्रिय सैद्धान्तिक गोष्ठी” मा भारतकी प्रतिनिधि शमिष्ठा चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम ६ डिसेम्बरसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here