बेंगलोरमा विश्व महिला सम्मेलनको दोश्रो दिन

0
309

मंसिर १७, बेंगलोर । बेंगलोरमा हिंजोदेखि शुरु भएको विश्व महिला सम्मेलनमा आज दोश्रो दिन कुर्दिस्थानकी महिला नेतृ मेरलले कुर्दिस्थानको महिला आन्दोलन बारे कार्यपत्र पस्तुत गरेकी थिइन् ।

दोश्रो दिन शुरुभएको कार्यक्रमलाई कोअर्डिनेटर दुर्गा पौडेलले प्रेसिडेन्टको आसनबाट मन्तव्य दिंदै महिला पुरुष बीचको भिन्नताको मूल जड निजी सम्पत्ती नै भएको स्वयं एंगेल्सले समेत समाजलाई अवगत गराएको बताउनु भयो । विश्वस्तरमा महिलाहरुले गर्ने जुनसुकै आन्दोलन केवल महिलाहरुको समस्यामात्रै नभएर महिला पुरुष बीचको वर्गीय आन्दोलनसँग जोडेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

मेरलको कार्यपत्र माथि टिप्पणी गर्दै नेपालकी प्रतिनिधि तारा थापा क्षेत्रीले महिला आन्दोलन केवल महिलाहरुसँग मात्र सिमित नरहेर वर्गिय आन्दोलनसँग जोडनु पर्ने बताइन् । “अहिले पनि पश्चिम नेपालका कतिपय जिल्लाहरुमा महिलाहरुलाई मासिक धर्म भएको समयमा छाउगोठमा राख्ने गरिन्छ, जसले गर्दा कैयौंले अकाल मै ज्यान गुमाउनु पर्ने, बलत्कृत हुनु पर्ने जस्ता घटनाहरुबाट पिडीत छन् । त्यो प्रथालाई हटाउन पुरुषहरु सहमत देखिएता पनि स्वयं महिलाहरुले नै मानिरहेका छैनन् ।” क्षेत्रीले नेपालको छाउपडि प्रथा बारे बोल्दै भनिन्– “महिलाहरुको मुक्तीलाई महिलाहरुको एकल आन्दोलनको रुपमा मात्र बुभ्mनु गल्ती हुन्छ ।”

त्यस्तै फूलविना पौडेलले भारत–नेपालमा महिला वेचविखन बारे बोल्नु भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा भारतमा अलपत्र परेका र व्यस्यालयमा विक्रिभएका कैयौं महिलाहरुलाई समेत स्वदेश पुर्याउने काम भएता पनि उनीहरुको राज्यले उचित व्यवस्था नगर्नुका साथसाथै समाजले हेर्ने ह्यको दृष्टिकोणका कारण पुनः भारत पलायन हुनु परेका कैयौं उदाहरणहरु समेत रहेको बताइन् । त्यैसैले महिला पुरुषहरु समान रुपमा वर्गिय मुक्ति मान्दोलनमा सरिक हुनुपर्नेमा जोड दिइन ।

त्यसतै नेपाल कै प्रतिनिधि मिना आचार्य र सरिता मर्हजनले पनि टिप्पणि गरेका थिए ।

कार्यक्रम दुर्गा पौडेल (नेपाल), मेरल (कुर्दिस्थान), मेन्सी (कंगो), प्रमिला (भारत) गरि चार सदस्यीय अध्यक्षता मण्डलले कार्यक्रम अगाडि बढाएको थियो ।

हिंजो पहिलो दिन साँस्कृतिक कार्यक्रम नेपालले प्रस्तुत गरेको थियो भने आज दोश्रो दिन कंगो, कुर्दिस्थान लगायतका देशहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

भोलि युरोपबाट हालिंकाले कार्यपत्र प्रस्तुत गर्ने छिन् ।

बेंगलोरमा विश्व महिला सम्मेलन शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here