बुद्धिजीवी संघको बृहत् अन्तरक्रिया

0
97

बुटवल । अखिल नेपाल वुद्विजीवी सङ्घले बुटवलमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रियालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफ्नै कारण सरकार कमजोर देखिएको बताउनु भएको छ । उहााले महङ्गी, कालोबजारी, भ्रष्टाचारलाई रोक्न नसकेर सामान्य खालका अपराधी, हत्यारा र बलात्कारीलाई छोप्न नसकेर सरकार बदनाम भएको बताउनु भयो ।

बुद्धिजीवी सङ्घ रूपन्देहीले २०७५ असोज १३ गते बुटवलमा आयोजना गरेको “नेपालको विद्यमान आर्थिक अवस्था र सङ्घीयता” विषयक अन्तरक्रियामा बोल्दै जनताले राहत नपाएको बताउनु भयो । देशमा गणतन्त्र र सङ्घीयता आए पनि जनताले सामान्य सेवा–सुविधा लिन नपाएको बताउनु भयो। सीमा मिचिदा पनि सरकार चुप लागेर बसेको उल्लेख गर्दै सार्वभौमिकता, अखण्डता, एकता कमजोर भएको र देशमा माफियातन्त्र हावी भएको बताउनु भयो । उहााले राजनीतिलाई हतियार बनाएर स्वार्थ लिने प्रवृत्ति हावी भएको बताउनु भयो । नेपाली जनताले लडेर ल्याएको गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, समानुपातिकको ठेकेदार र माफियाहरुले दुरूपयोग गरेको उहााको तर्क थियो ।

अध्यक्ष केसीले नेपालमा सङ्घीयता भारतको भएको, अमेरिकी र युरोपियनको जातीय सङ्घीयता असफल भएको बताउनु भयो । अमेरिकन, युरोपियन र भारतीय शक्तिकेन्द्रहरुको दबाबमा ल्याइएको सङ्घीयता नेपालमा नटिक्ने बताउनु भयो । भारतीय ग्राइन्ड डिजाइनमा ल्याइएको सङ्घीय प्रणाली असफल सावित हुादै गएको दावी गर्दै एउटो देश चलाउन नसेकका नेपाली जनताले सात वटा देश पाल्न नसक्ने बताउनु भयो । राष्ट्रिय जनमोर्चा सङ्घीयताको विरोधी नभएको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले नेपालमा सङ्घीय प्रणाली ठिक छैन र हुादैन भनेको बताउनु भयो । सङ्घीयताले नै देशको अर्थतन्त्र कमजोर भएको र जनताले करको भारी बोक्ने काम सुरु भएको बताउनु भयो ।

कार्यक्रममा पत्रकार तथा अखिल नेपाल बुद्धिजीवी सङ्घका पूर्व महासचिव शशिधर भण्डारीले “सङ्घीयताले राष्ट्रियतामा पारेको प्रभाव” विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल जस्तो सानो र भूपरिवेष्ठित तथा अविकसित मुलुकका लागि सङ्घीयता खतराको रूपमा आएको बताउनु भयो ।
भण्डारीको कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्यकार तथा लेखक दिल साहनीले सुरुसुरुमा आफू सङ्घीय व्यवस्थाको पक्षधर भएको भए पनि अहिले व्यवहारमा देख्दा नेपालका लागि उचित नभएको निष्कर्षमा पुगेको बताउनु भयो । उहााले सङ्घीयताको नाममा भारतीय र युरोपियनहरुका लागि नेपाल खेलमैदान जस्तै भएको बताउनु भयो ।

त्यस्तै, राजमोका केन्द्रीय सदस्य मनोज भट्टले प्रस्तुत गरेको अवधारण पत्रमाथि टिप्पणी गर्दै प्रा.डा. बाबुराम ज्ञवालीले हाल नेपालको चालु खर्च पुाजीगत खर्चभन्दा झण्डै दुई–तिहाइले धेरै हुनु अर्थशास्त्रीय दृष्टिले सही नभएको बताउनु भयो । नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेकाले महङ्गो सङ्घीय प्रणाली खतरामा रहेको बताउनु भयो ।

प्रा.डा. रामचन्द्र आचार्यले देशमा भएका उद्योगहरु संरक्षण गर्ने र नयाा उद्योगहरु खोल्ने सरकारले नीति ल्याउन नसकेको अवस्थामा सङ्घीयता कमजोर बनेको बताउनुभयो । प्राध्यपाक वैकुण्ठ पाण्डेले अर्थतन्त्र कजमोर हुादै गएको र रेमिट्यान्सले मात्र देश चल्न नसक्ने बताउादै सङ्घीयता समस्यामा परेको बताउनु भयो । राष्ट्रिय पुाजीको विकास गर्नु पर्ने उनले बताउनु भयो ।

बुद्विजीवी सङ्घ रूपन्देही अध्यक्ष लीला बहादुर केसीको अध्यक्षता भएको कार्यक्रममा गोपाल प्रसाद गैरे, नेकपाका विनोद खनाल र मजदुर नेता सुरज खनाल लगायतले मन्तव्य राख्नु भएको थियो । – श्याम पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here