बुद्धिजीवी भेला सम्पन्न

0
150

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघ, काठमाडौंको जिल्ला भेला आश्विन ६ गते बागबजारमा सम्पन्न भएको छ । भरत भण्डारीको संचालन, समिर सिंहको अध्यक्षता तथा मधु क्षेत्रीको स्वागत भाषणका साथ अगाडि बढेको सो भेलाको प्रमुख अतिथि अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष प्रा.डा.श्रीधर गौतम हुनुहुन्थ्यो । भेलालाई शुभकामना दिने अन्य वक्ताहरुमा बुद्धिजीवी संघका महासचिव योगेन्द्र ढकाल, अन्टुकका अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, राजमोका ३ नं. क्षेत्रीय सदस्य आनन्द शर्मा हुनुहुन्थ्यो ।

भेलाले भोला ढकालको अध्यक्षता १३ सदस्यीय अखिल नेपाल बुद्धिजीवी संघ, काठमाडौंको गठन गरेको छ । जसको उपाध्यक्षमा श्रीकृष्ण न्यौपाने, सचिवमा भरत भण्डारी, सहसचिवमा सुनिल आचार्य तथा कोषाध्यक्ष मधु क्षेत्री हुनुहुन्छ भने सदस्यहरुमा जितेन्द्र ढकाल, मधुसुदन गिरी, यामलाल खनाल, कमानसिंह के.सी, भुवन पौडेल, अर्जुन आचार्य, विद्यानाथ अधिकारी हुनुहून्छ । त्यस्तै सल्लाहकारहरुमा समिर सिंह, प्रकाश थापा मगर तथा दिलीप भट्ट हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here