बुटवल र जनकपुरबाट पनि श्रम स्वीकृती पाइने

0
183

रुपन्देही । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि अब काठमाडौं पुग्नु नपर्ने भएको छ । जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति दिने रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ । श्रम स्वीकृती हालसम्म काठमाडौंमा नै केन्द्रिकृत थियो ।

सरकारले आउँदो आइतबारदेखि पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट सेवा उपलब्ध गराउन लागेको हो । हालै बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त अधिकार हस्तान्तरणको औपचारिक निर्णय भएको जनाइएको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन यी दुई ठाउँबाट थालनी गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
नयाँ निर्णय अनुसार पौष १५ बाट देशभरका ११ वटा कार्यालय मार्फत् वैदेशिक रोजगार सम्बन्धी सेवाहरू उपलब्ध हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here