बुटवल देखि दिल्ली आउँदै गरेको बस उत्तर प्रदेशको रामपुरमा दुर्घटना

0
2875

दिल्ली । उत्तर प्रदेशको रामपुर स्थित आगापुर बाइपासमा नेपाली बस दूर्घटनामा परेको छ । आज बुधबार विहान ८ बजे ट्रकसँग जोडदार टक्कर हुँदा दूर्घटना परेको हो । बुटवल देखि दिल्ली आउँदै गरेको सो बस बुद्ध एडभेन्चर टुर एण्ड ट्राभल्सको रहेको बताइएको छ ।

दुर्घटनामा बस चालक र एक जना यात्रीको घटना स्थल मै मृत्यु भएको समाचार छ । अन्य २३ जनालाई सरकारी जिल्ला अस्पताल सिएमएसमा भर्ती गराइएको छ । जस मध्य ८ जनाको भने अवस्था चिन्ताजनक रहेको हामीलाई एक महिलाले टेलीफोन मार्फत जानकारी दिइन् ।

लु १ ख ७१५५ नम्बरको सो बसमा करिब २५ जना यात्रीहरु सवार थिए । उनै महिलाका अनुसार सो बस हिंजो विहान बुटवलबाट कृष्ण नगर हुँदै १० : ३५ बजे छुटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here