बिमस्टेक सम्मेलन भदौ १४–१५ गते

0
383
काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने भएको छ ।
          पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स वाहेक दक्षिण एसियाली शिखर सम्मेलन (सार्क) मा पााच सदस्य राष्ट्र नेपाल, बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, अनि सार्क बाहिरका थाइल्यान्ड र म्यानमार गरी सात राष्ट्रहरुको समूह बिमस्टेकको शिखर सम्मेलनमा कार्यकारी भूमिकामा रहेका सात वटै बिमस्टेक मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुनेछन् ।
            बिमस्टेकको तेस्रो शिखर सम्मेलन चार वर्षअघि म्यानमारमा भएको थियो । सो शिखर सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । सम्मेलनबाट बिमस्टेकको नेतृत्व नेपालले पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here