बिदाइ कार्यक्रम सम्पन्न

0
215

तारापुर, २० डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय सदस्य गंगाराम भट्टराई तारापुर महिला बिभाग कि लक्ष्मी भट्टराईलाई एक समारोह बीच बिदाइ गरिएको छ । भट्टराईलाई खादा अबिर लगाएर बिदाइ गरिएको थियो । गंगाराम भट्टराई एरिया समिति, नगर समिति हुँदै क्षेत्रीय समितिसम्म कार्यरत हुनुहुन्थ्यो ।

करिब २३ बर्ष लामो समय अवधिदेखी भारतस्थित नेपालीहरुको अबिभावकिय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भई तारापुरस्थित नेपालीहरु बीच सामाजिक कार्यक्रममा लाग्नु भएको थियो ।

नेपालीहरुमाथी घट्ने घटना र दुःख पिरमर्काको बेलामा पुगेर बिभिन्न जिम्मेवारी बहन गर्दै सबैको मन जित्दै आउनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता नगर समिति उपाध्यक्ष लोकमणी पाण्डेले र सञ्चालन कोपिल पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई तारापुर महिला बिभाग कि सचिब सुमित्रा नेवारले स्वागत गर्नु भएको थियो । बिदाइ कार्यक्रममा मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुँवर, बिसेस अथिती रक्तिम केन्द्रीय बिभागका बोम सिंजापती, रक्तिम बिभाग तारापुरबाट गणेस भट्टराई, तारापुर महिला बिभागबाट सबिता चापागाईको आतिथ्यता रहेको थियो ।

बिदाइ कार्यक्रममा अधिकान्स बक्ताहरुले प्रवासमा सिकेका सिप र ज्ञान आफ्नै देसमा गरिखाने बर्गको पक्षपोषणका लागी केन्दित हुने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here