बिदेशमा रुदै रुदै हिडे : यम पुन

0
592

खिमलाल पाण्डे, युएई्र । रोजगारीको शिलशिलामा आफ्नो जन्मभुमी र परिवारको न्यानो मायालाई मुटुमा कैद गरेर करिब एक दशक अगाडी युएई भित्रिएका बागलुङ जिल्ला अन्तरगत जैमुनी नगरपालिका १० राङखानी जन्मिएका युवा सर्जक यम पुनले प्रदेशीको बास्तबिक जीवनमा आधारित म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

आहा भिडियो उस्तै मार्मिक छ बिदेशमा काम गर्ने नेपालीको आँखा अबश्य रसाउने छ । एउटा मजदुरहरुको बास्तबिक कहानीमा आधारित गीतको शब्द कोरेका छन बागलुंगे युवा पुन आफैले ।

उनि भन्छन जिन्दगीमा हजारौ दुख कस्ट पाएँ, हजारौ दुरी पार गरे तर आफ्नो मजदुरी गरे बराबरको सुबिधा पाउन सकिएन ्रधेरै दुख गर्नु पर्छ प्रदेशमा धेरै कस्टकर जीवन गुजार्नु पर्छ प्रदेशमा रुदै रुदै हिड्नु पर्छ प्रदेशमा आफ्नो पसिना संग पैसा साट्नु पर्छ प्रदेशमा आहा क्या मार्मिक शब्दहरु भरिएका छन् हामी परदेशिएका नेपालीहरुको यथार्थता ।

यिनै मार्मिक शब्दहरुलाई लय तथा संगीत भरेका छन् नारायण दंगालले भने लयलाई साथ् दिदै स्वर भरेका छन् सिद्दान्त परियारले । जहा अभिनय रहेको छ शब्द संकलक पुनको ।

युएईको रमणीय स्थलहरुमा कैद गरिएको उक्त म्युजिक भिडियोले बिदेशिएका नेपालीहरुको निकै मन छुने देखिन्छ किनकि प्रदेशी नेपालीहरुको बास्तबिक जिबनमा हुनेगरेका हरेक कहानिहरुलाई समेटिएको छ् ।

बागलुङ जिल्लामा जन्मिएर सानै देखि प्रगतिशील गीत संगीतहरुमा रुची राख्ने पुनले बिदेशीए पछी आफ्नै अभिनयमा पहिलो पटक म्युजिक भिडियो सार्बजानिक गरेका हुन । पुन भन्छन मेरो बुवा आमाको आशिर्बाद अनि साथीभाईको साथ् सहयोग पाएकाले यहा सम्म पुग्न सफल भएको हु ।

उक्त म्युजिक भिडियोको लागि भरत पुन, रामकृष्ण पुन, खगी पुन, सुगम पुन, संगम पुन, मान श्रीस, पुर्ण कला श्रीस, यम पाइजा, खुमकला पाइज, चोली पुन र कामना पुनले सहयोग गरेको शब्द संकलक पुनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here