बिदाईका हात हल्लाउँदै

0
393

देशमा नपाईदा जागीर म बिदेस आएँ
जीवन चलाउनको खातीर म बिदेस आएँ

सरकारको कार्यतामा भविष्य न देखि
भएर आफैमा गाम्भीर म बिदेस आए

जीवनका जिम्मेवारी बाँकी थिए त्यसैले
छोएर स्व. बाबाको तस्बीर म बिदेस आए

किस्मत र भ्रमताप्रति विश्वास नगरिकन
बदल्न पारिवारिक तक्दीर, म बिदेस आए

घर परिवारलाई बिदाईका हात हल्लाउँदै
लगाई सफलताको अवीर म बिदेश आएँ

नवीन बस्याल,
स्वर्गद्वारी नगरपालीका– २ प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here