बाम सरकारद्वारा बामपन्थी आन्दोलनमाथि नै हस्तक्षेप

0
671
भदौ १८, अर्घाखाँची । देशभर करबृद्धि, महंगी र भ्रष्टाचार बढेको छ । त्यसो हुनमा संघीय व्यवस्था बढी जिम्मेवार रहेको बताउँदै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज सन्धीखर्कमा गरेको राँके जुलुसमाथि प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ ।
             यसरी प्रशासनले शान्तिपूर्ण रुपमा निकालिएको जुलुस माथि हस्तक्षेप गरेर गणतान्त्री व्यवस्थामा जनताले आफ्नो अभिव्यक्ति प्रकट गर्न पाउने अधिकार माथि नै हनन् भएको छ । यसरी वामपन्थी सरकारद्वारा सञ्चालित प्रहरी प्रशासनको हस्तक्षेपका बाबजुध क्रान्तिकारी बामपन्थी आन्दोलनकारीहरुले राके जुलुस कार्यक्रम सफल पारेका छन् ।
                 करबृद्धि, महंगी, भ्रष्टाचार र संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले यही भाद्र र असोज महिनाभर देशव्यापी रुपमा कार्यक्रमहरु गर्ने ठेगान गरेको छ । सबै जिल्लाहरुले जनसभा, अन्तरक्रिया, गोष्ठि, पत्रकार सम्मेलन, अपील प्रकाशन तथा वितरण आदि कार्यक्रम निश्चित भएका छन् । भोली अर्घाखाँचीमा बिरोध जुलुस र आमसभाको आयोजना गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here