बाबा मरे, आमाको हातखुट्टा चल्दैन, आफूहरु नाबालक नै छन् कति साह्रो निर्दयी छ यो प्रकृति पनि हैन ?

0
1130

खिमराज चालिसे/ चंडीगढ । रोजीरोटीको समस्याले प्रदेशीन वाध्य लाखौंलाख श्रमजीवी नेपालीहरुको अवश्था अहिले पनि अत्यान्त दयनीय र भयावह छ । एकछाक खान र नाग्ङो शरीर ढाक्नको लागि पहाडका कन्दरादेखि मरुभूमिको तातो र हिमालको हिमपातसँग पैठेजोरी खेल्दै श्रीमतीको आफ्ना बालबच्चा तथा परिवारको नानाचाचा फेर्ने र साहुको किर्ते ऋण तिरी सुखी र खुसीयाली संसार बसाउने सपना कतिवेला परिवार कै लागि वज्रपात बन्ने हो भन्ने थाहा छैन । प्रदेशी जीवनको वाध्यता र वास्तविकता यही हो ।

यस्तै यस्तै अनगिन्ती कथा व्यथा र वाध्यतालाइ काखी च्यापेर भारतको हिमाचल पर्देश तर्फ आजभन्दा करिव २ वर्ष पहिला दुइ छोरा तथा श्रीमतीको साथ करिव २७ वर्षको युवावस्थामा पसेका थिए जंगबहादुर खत्री ।

तर उनको सुन्दर सपनामा तुसापात भयो गत वर्षको तिहारताका । जब उनकी श्रीमती कमला खत्री हिमाचलको सोलनस्थित एक निर्माणाधिन वैरियलको करिव २५ फुट माथी छतबाट सिधै खोलामा खसीन, अनि उनले श्रीमतीको सोलन हुँदै पोखरासम्म उपचारमा लाखौ खर्च गरे तर उनको कम्मर भन्दा तलका सवै अंग र खुट्टा शिथिल हुनपुगे । त्यो पिडालाई मुटुमा राखी उनि फेरी गत ३ महिना अगाडि मात्रै फेरी आफुले काम गर्ने पुरानै ठेकेदार कहा सोलन पुगे । तर विडम्बना त्यसपछि उनी न स्वदेश जान पाए न त जीवत नै रहे कंचन गाउँपालिका ४ रुद्रपुर निवासी भुमराज खत्रीको कान्छो छोरा जंगबहादुर खत्री ।

यहि १ अक्टोबर २०१८ को डेरावस्सी पुलीसले विमार अवस्थामा सडक किनारामा फेलापारेपछी पुलिसका अनुसार पछी डेरावस्सी जनरल अस्पतालमा भर्ना गर्यो तर त्यहाँ निको नहुने भएपछि २ अटुबरमा डाक्टरहरुले सरकारी अस्पताल सेक्टर ३२ चंडीगढ रेफर गरे । सोहि राती सेक्टर ३२ को आस्पतालमा उनको दुखद निधन भएको अस्पताल प्रशासनले घोषणा गर्यो ।

पंजाब पुलिसले मृतकसँग भेटिएको आधारको आधारमा ईन्क्वायरी गर्दै १० अक्टोबरका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ नगर समितिमा सम्पर्क गरेको थियो । तत्काल नगर अध्यक्ष मान वहादुर केसीको नेतृत्वमा तेजबहादुर रोका, थमन थापा, दुर्गा विक र समाजका अन्य कार्यकर्ताहरुको टिमले आवश्यक जाचवुझ पछि नेपालीमा आफन्तहरुसँग सम्पर्क गरि वहिनी रेनु खत्री, अंकल दुर्गाबहादुर क्षेत्री र भाइ दिपक क्षेत्रीलाई बोलाइ १२ अक्टोबरका दिन डेरावस्सी थानामार्फत शवको सनाखत र आवश्यक कागजी कारवाही पछि आज १३ अक्टोबरका दिन समाजका जिम्मेवार नेता कार्यकर्ताहरु र परिवारका सदस्यहरुको रोहवरमा मृतक जंगबहादुर खत्रीको शव उनको बहिनी रेनु खत्रीलाइ हस्तांतरण गरको थियो ।

सोहि दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यक्रताहरु दिनेश खडका, तिलक पौडेल, प्रेम आचार्य, खिमराज चालिसे, मानबहादुर केसी, थमन थापा, तेजबहादुर रोका, लक्ष्मण खनाल, समशेर केसी, रामप्रसाद शर्मा, गोपाल खडका, प्रेम गुरुङ, प्रितम खडका र मृतकका भाइ दिपक खत्री, बहिनी रेनु खत्री तथा अंकल दुर्गाबहादुर क्षेत्रीको उपस्थितिमा दाहसंस्कार गरिएको छ ।

जंगबहादुरको मृत्यु भयो, दाहसंस्कार गरियो सिद्धियो । तर सिद्धिएन उनको समस्या, अझै बल्झियो । घटना पछि मृतक कि श्रीमती कमला, ११वर्षको छोरा शिशिर र ६ वर्षको छोरा वसन्तको अवस्था दयनीयत छ नै अलपत्र छन् उनीहरु । नबाचेर बाँचेको जस्तो, मरौं त कसरी मरौं ? यो अवस्था कसैलाई नपरोस् । उनीहरुलाई तपाई हामी सबैको सहयोगको आवश्यकता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here