बाग्लुङ जैमिनिका ८२ वर्षीय प्रधुम्न आचार्य बेपत्ता: खोजी कार्यमा सहयोग गर्न परिवारको अपील

0
188

बाग्लुङ/ जैमुनी नगरपालिका १ कुश्मीसेरा घर भएका प्रधुम्न आचार्य नौ दिन देखि परिवार र आफन्तको सम्पर्कमा नरहेको हुँदा खोजी कार्यमा सहयोग गर्न छोरा काशिराम आचार्यले फेसबुक स्टाटस लेख्दै सबैमा अपिल गर्नुभएको छ ।

झण्डै ४० वर्ष शिक्षा सेवामा विताएका ८२ वर्षीय आचार्य पुस २४ गतेदेखि परिवारको सम्पर्कबाहिर रहनु भएको हो । उहाँले गाउँमा रहेर शैक्षिक जागरण ल्याउन योगदान गर्नु भएको थियो ।

जैमिनी नगरपालिकाको टार गाउँबाट आचार्य पेन्सन बुझ्न भन्दै सदरमुकाम बागलुङ बजार जानुभएको थियो । पेन्सन बुझेपछि उहाँ एकदिन बागलुङ रामरेखास्थित आफन्तको घरमा बसेको तर भोलिपल्ट बिहानदेखि बेखबर रहेको परिवारले जनाएको छ ।

आफन्त, ईष्टमित्र एवं प्रहरी सबैतिर खबर गरिएपनि अहिलेसम्म कतैबाट जानकारी प्राप्त नहुँदा परिवार चिन्तित बनेका छन। कुनै महानुभावले भेटे वा देखेमा मोबाइल नम्बर ९८५७६२१९६५ वा ९८५१०९५०३० मा फोन गरी सहयोग गरिदिनु हुन परिवारले सबैसामु अपील गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here