बागलुङ पश्चिममा जुर्मुराउँदै जनमोर्चा

0
224

ईन्द्रमणि पाण्डे, बागलुङ

राष्ट्रिय जनमोर्चाले यतीबेला राष्ट्र राष्ट्रियता र जनजिविकाको सवालमा जनतालाई सचेत बनाऊने भन्दै देशब्यापी रुपमा लगातार जनभेटघाट कार्यक्रमहरु सन्चालन गरेको छ ।

सोही शिलशिलामा बागलुङ जिल्लाका बिभिन्न स्थानहरुमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम चलिरहेको राष्ट्रिय जनमोर्चा बागलुङले बताएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नं १ बुर्तीबाङमा ९ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल बुद्दिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेलले राजनीति संघियता राष्ट्रिय जनमोर्चाको भुमिका र कम्युनिष्ट आन्दोलन लगायत बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी फागुन ११गते नगरपालिकाको वडा नं ६ गाडीखोलामा प्रशिक्षण तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल बृद्दिजिवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल बामनेता गौरीश्वर पाण्डे र प्रदेश सभा का माननिय खिमबिक्रम शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

फागुन १२ गते ढोरपाटन नगरपालिका वडा नं २ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको । कार्यक्रममा अखिल नेपाल बृद्दिजिवी का केन्द्रीय सदस्य दुर्गानाथ खरेलले प्रशिक्षण दिनुभएको थियो । भने बाम नेता गौरीश्वर पाण्डे को समेत उपस्थिति रहेको थियो ।

स्मरणीय छ राष्ट्रिय जनमोर्चा बागलुङले बिभिन्न टोली बनाएर जिल्ला व्यापी रुपमा आफ्नो भुमिका बढाईरहेको छ । देशको राष्ट्रिय स्वाधीनता अत्यन्तै कमजोर अबस्थामा रहेको समयमा राष्ट्रिय जनमोर्चाको यो अभियानले जनता सचेत हुदै गएको र अभियानको देशव्यापी ऊभार आएको देख्न सकिन्छ । आम जनमानसम यो अभियानले राष्ट्रिय जनमोर्चाको प्रभाव समेत बढ्दै गएको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here