बागलुङमा गाउँपालिकाद्वारा असल बुहारी सम्मानित

0
63

केशव राज क्षेत्री
बागलुङ/ जिल्लाको बरेङ गाउँकार्यपालिकाले असल बुहारी सम्मानित गरेको छ । गाउँपालिकाको असल बुहारी सम्मानित सम्मानित कार्यक्रम अनुसार  गाउँपालिका एक धुल्लुबास्कोटका असल बुहारीलाई सम्मानित गरेको हो ।

बृद्ध सासु ससुराको राम्रो हेरचाह गर्ने, घर वरपरको वातावरण सफा राख्ने र सामाजिक सेवाको काम गरेका असल बुहारीलाई  सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

एक कार्यक्रमकाबीच सोमबार वडा नम्बर १ धुल्लुबास्कोटका ९ असल बुहारीलाई सम्मान पत्रद्धारा सम्मान गरेको पालिकाले बताएको छ । विभिन्न टोलटोलबाट गरी कला थापा(लुरुङ), शान्ती छन्त्याल(मजुवा), तारा पौडेल (लिउँवा), लक्ष्मी आचार्य(बास्कोट),हिरा थापा(भिउडाँडा), देवी थापा(उर्लेनी), प्रतिमा थापा(गडेल), चन्द्रा श्रीस थापा, भिममाया पुन राना असल बुहारीका रुपमा पालिकाद्धारा सम्मानित भएका छन् ।

त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्ष माथिका ६० जना जेष्ठ नागरिकलाई पनि सम्मान सँगै स्वास्थ्य परीक्षण सहित आर्युवेद औषधी समेत वितरण गरेको छ । ६ जना सुत्केरी महिलालाई भने रातो भाले वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए  ।

पालिकाले गत बुधबारको एक सूचना मार्फत पालिकाभित्रका असल बुहारी र जेष्ठ नागरिकलाई सम्मान गर्ने सूचित गरेको थियो । यसैगरी गाउँपालिकाका अन्य वडाका असल बुहारीलाई पनि क्रमशः सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here