चैते दशैं मेलाको झझल्को दिनेगरी बार्सिलोनामा ‘चैते दशैं बिशेष’ कार्यक्रम गरिने

0
148

बार्सिलोना,स्पेन/ बागलुङ समाज स्पेनले बाग्लुङको चैते दशैं मेलाको झझल्को दिनेगरी बार्सिलोनामा “चैते दशैं बिशेष कार्यक्रम” गर्ने भएको छ । समाजको सोमबार बार्सिलोनामा सम्पन्न बैठकले चैतै दशैंको अवसरमा एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बागलुङमा लाग्ने चैते दशैं मेला धार्मिक, साँस्कृतिक सामाजिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०को समेत अवसरमा  गर्न लागेको उक्त  ‘चैते दशैं विशेष’ कार्यक्रमले बाग्लुङ जिल्लालाई पनि पर्यटकीय गन्तव्यको रूपमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

बैठकले कार्यक्रमलाई सफल बनाउनको लागी सस्थाका उपाध्यक्ष हिरालाल सापकोटाको संयोजकत्वमा एक उपसमिती समेत गठन गरेको र कार्यक्रमको बृस्तृत योजना आगामी बैठकले बनाउने अध्यक्ष राजु थापाले जानाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here