बाँचे फर्कुला आमा

0
240

नविन बस्याल, हाल जापान

बाँचे भने आमा फर्कुला देशमा
त्यही माटोमा आमा नेपाली भेषमा
Music….

मन त मेरो थिएन कत्ती प्रदेशमा आउन
बाध्यताले आए प्रदेश यो जीवन चलाउन
बाँचे आउँछु आमा त्यो प्यारो नेपालमा
डाडा पाखा आमा त्यो सुन्दर हिमालमा

Music….

साना थिए भाई बैनी गाउँमै छोडी आएँ
जिम्मेवारी थियो काधमा बर्षौं दिन बिताएँ
पक्कै एक दिन आमा फÞर्कन्छु गाउँमा
म जन्मेको आमा त्यो प्यारो ठाउँमा

Music….

दुःख सुख यो भूमिका जीवन चलेको छ
बिदेशीले भूमि मिच्दा मनमा आगो बलेकोछ
एक दिन आउँछु आमा त्यो भूमि बचाउन
नेपाली मन आमा लिएर रमाउन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here