बहिनी हराएपछी दाजुमाथि आरोप ! खोजतलासको लागि अपिल

0
633

केहि बर्षदेखी नेपाली समाजमा महिला तथा युवतीहरु हराउने बेचिने लापत्ता हुने कयौ अप्रिय घटना बढिरहेका छन् र विभिन्न सामाजिक संजाल तथा मिडिया समाचार मार्फत जानकारी भइरहेका छन् । यति हुँदाहुदै पनि यी घटनाहरुमा कमि तथा नियन्त्रण भएका छैनन ।

यस्तै फेरि अर्को घटना ठानिडाँडाँ रुरु गुल्मी निवासी बिबाहित २४ बर्षिय बसन्ती नेपाली आजभन्दा ६ महिना पहिले एकजना प्युठान जिल्ला निवासी आफुलाई राजु नेपाली बताउने युवक जसको तस्बिर मात्रै छ । हामीसँग पुरा विबरण नभएकोले खोजीतलासीमा केहि अवरोध भएको हुदाँ उक्त प्यूठान निवासी युवकले ती बसन्ती नेपालीलाई म धामी झाक्री हुँ तिम्रो बिमार ठिक बनाउछु भनि फकाइफुलाई लगेको उनको दाइले सन्तोष नेपालीले हामीलाई बताएका छन् । ६ महिना पहिला गएकी बसन्ती आजसम्म सम्पर्क बिहिन छिन् । यो खबरको जानकारी दिल्लीस्थित सामाजिक संगठन नेपाली देशभक्त आवजालाई आएको संयोजक बाबु रोका मगरले बताए । आफूहरुलाई जानकारी आइसकेपछी हराएकि बसन्ती नेपालीको तिब्र खोजी कार्य भैरहेको रोका मगरले बताएका छन् ।

बसन्ती नेपाली र राजु नेपाली सम्पर्क बिहिन भएपछी गाँउलेहरुले बसन्तीका दाजु सन्तोषलाई बैनी बेचेको आरोप लगाउन थालेका छन् । उनलाई गाँउमा बस्न खान नदिएपछी पंजापमा काम गर्दै हराएकी बहिनिको खोजिमा सन्तोष जुटेका छन् । बसन्तीकी दाजु सन्तोष नेपालीले दुःखी हुँदै भने “आज म यस्तो ठुलो समस्यामा परेको छु, त्यसैले म आज तपाईहरुको साथ मागेको छु । उसलाई भेटाएर कडा भन्दा कडा कार्वाही गर्न सबैलाई अनुरोध गरेको छु ।”

आफूले धेरै विश्वास गरेर बहिनिको इलाज गराउछु भनि उसलाई आफ्नै दाई बनाएर घरमा लगेको सन्तोषले बताए । उनले भने– “मेरो बहिनी बिवाहित हुन् उनको श्रीमान घरमा हुनुहुन्छ । बहिनिलाई उपचार गर्नको लागि विभिन्न धामी झाक्री अस्पताल डाक्टरकोमा उपचार गराउँदा पनि ठिक नभएर राजु नेपालीको भरोसामा बहिनीलाई बोलाएको थिए ।” राजुको र आफ्नो पंजाबमा चिनाजानी भएको सन्तोषले बताए ।

“त्यो पापिको कुदृष्टि मेरो बैनी माथी पर्छ भन्ने मैले सोंचेको पनि थिएन अहिले उसले लगेर बेपत्ता पारेको छ । मलाई बहिनी बेच्यो भनेर गाँउ आफन्तबाट पनि मानसिक यातना र पीडा खेप्नुपरेको छ । म निर्दोष छु । तर पनि सबैले मलाई दोषी ठहराउँदै गाँउबाट निकालिदिएका छन् । बहनि वेचेको आरोपमा आफ्नो परिवारबाट टाढिन पुगेको छु । म गलत छैन । यो प्रमाणित गर्नका लागि मैले रात दिन एक गरि खोजी कार्यमा लागेको छु । मेरो साथ कसैले पनि नदिएर म धेरै आपतमा छु । अहिले मेरी बहिनिलाई त्यो अपराधीले भारतको हिमाचल शिमला रोहडु भन्ने ठाँउहरुमा लगेको शंका छ । आज यहि मिडियाबाट आफ्नो बास्तविक गुनासो राख्न पाएकोमा मिडियालाई धन्यवाद दिदै भने कुनै पनि दाजुले आफ्नी बहिनिलाइ यस्तो घिनलाग्दो काम गर्न सक्दैन मेरो बिश्वासलाई तोडेर त्यो प्युठानको राजु नेपाली नामको मान्छेले मलाई नै अफ्ट्यारोमा पारेको छ ।” सन्तोषले हामी समक्ष फरियाद सुनाए ।

हराएकी बसन्ती नेपाली र फरार भएका राजु नेपालीलाई भेटाएर सत्य तथ्य बाहिर ल्याएपछि दोषी को हो भन्ने पत्तो लाग्नेछ । तस्बिरमा देख्नुहुने जो कसैले पनि ती बसन्ती र राजुलाई जहाँ कहीं देख्नु भएमा या फेला पार्नुभएमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नुहुन हार्दिक अपिल गरिएको छ ।

सम्पर्क दाइ सन्तोष नेपाली +91-6239574364,8146552973, अन्य सहयोगी तथा आफन्तहरु:- +91-9871485836, 8800675738, 9971206575, 9818809021, +91 97736 22922, 9717739774

यो समाचार सबैले सक्दो शेयर गरि बसन्ती नेपालीको खोजिकार्यलाई सहज बनाइदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here