बलिराम आचार्य स्मृतिअक्षयकोषद्वारा गरिब तथा जेहेन्दार विद्यार्थी पुरस्कृत

0
81

बैशाख ३, प्यूठान । ऐराबती गाउँपालिका १ प्युठानको दाङ्बाङ माबीमा परिवारका तर्फबाट राखिएको बलिराम आचार्य स्मृति अक्षयकोषबाट कक्षा पाँच र आठबाट उतिर्ण मध्येका दुईजना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

कक्षा पाँचबाट दोस्रो स्थान हासिल गर्ने सम्झना नेपाली र कक्षा आठबाट प्रथम स्थान हासिल गर्ने गोपाल नेपाली उक्त पुरस्कारबाट पुरस्कृत भएका हुन् । उक्त पुरस्कार परिबारकोतर्फ बाट मुक्ती आचार्य र जिल्ला समन्वय समिती प्युठान का उप प्रमुख पदम थापा ले हस्तान्तरण गर्नु भएको हो । बुवाको निधन पछि उहाकै सम्झनामा परिबार ले स्कुलमा अक्षकोष खडा गरेको थियोे । त्यही अक्षकोष बाट उक्त पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले बुवाको सम्मान र सम्झनामा उक्त अक्षयकोष खडा गरिएको जानकारी दिँदै पुुस्कृत हुने बालबालिकाको शैक्षिक भविष्यको उत्तरोत्तर प्रगतिको कामना सहित बधाई दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here