बरेङ गाउँ पालिकाद्वारा भुतपूर्व खेलाडीहरू सम्मानित

0
54

बरेङ, बाग्लुङ । बरेङ गाउँ पालिका युवा तथा खेलकुद बिकास समितिले आफ्नो बार्षिकोत्सव कार्यक्रमको अवसरमा भुतपूर्व खेलाडीहरूलाई सम्मान गरेको छ ।

बरेङ गाउँ पालिका ४ सल्यानमा सम्पन्न समितिको दोस्रो वार्षिकोत्सवको अवसरमा गाउँ पालिका भित्रका भुपू खेलाडीहरूलाई सम्मान गरिएको थियो । समितिका संयोजक नरबहादुर वि.क.ले जानकारी दिए । खेलाडीहरूको सम्मानले नयाँ प्रतिभाहरुलाई थप प्रेरणा, उत्साह र आत्मविश्वास बढेर जाने उनले बताए । उक्त कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताहरु समेत आयोजना गरिएको थियो । खेलकुद प्रतियोगितामा भलिबल तर्फ बरेङ गाउँ पालिका २ हुग्दिशिर प्रथम, बाटाकाचौर दोस्रो र सुखौराले तेस्रो स्थान हासिल गरेका थिए । यसैगरी ब्याडमिन्टन तर्फ धुल्लुबास्कोट प्रथम, हुग्दिशिर दोस्रो र बरेङ गाउँ पालिका कार्यालयले तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बरेङ गाउँ पालिका उपाध्यक्ष डिल कुमारी पुन, बिशिष्ट अतिथि लिल बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका गाउँ पालिका अध्यक्ष हिरा बहादुर थापा र ने क पा गाउँ पालिका अध्यक्ष प्रदिप थापाले । शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता युवा तथा खेलकुद समितिका संयोजक नर बहादुर बि क, संचालन मिलन शिरिष र स्वागत दुर्गा प्रसाद शर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here