प्रकाश छन्त्याल, बागलुङ । बागलुङको बरेङ गाउँपालिका वडा नं. ४ सल्यानको थप्लुङमा आइतबार सामुदायिक स्वास्थ इकाई सेवा केन्द्रको स्थापना गरिएको छ ।
गाउँपालिकाको आ. व. ०७७/०७८ को नीति अनुसार वडामा रहेको स्वास्थ चौकी सम्म सेवा लिन भौगोलिक जटिलताका कारण सेवा लिन १ घन्टा भन्दा बढी समय लाग्ने स्थानको अवलोकन गरी स्वास्थ इकाई सेवा केन्द्रको विस्तार गरिएको हो । स्वास्थ इकाई थप्लुङको सेवा प्रवाह आइतबारदेखी नै शुरूवात गरिएको छ । सेवा इकाईमा दुई जना अनमीहरुले स्वास्थ सेवा दिनेछन ।
कार्यक्रमका प्रमुख अतिथी बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको हो । गाउँपालिकाका अध्यक्ष शर्माले स्वास्थ सेवा लिन हरेक नेपाली नागरीकको आकस्मिक तथा नैसर्गिक संबैधानिक अधिकार भएकोले सेवा बिस्तार गरिएको बताउनु भएको छ । स्वास्थ इकाई केन्द्रबाट निरन्तर सेवा दिने र सेवा लिने वातावरण सहज बनाई दिन त्यहाँका नागरीकहरु मिलेर सहयोग गर्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा थप्लुङ आमा समूहका अध्यक्ष गिता खत्री, स्थानीय ईन्द्र सिंह खत्रीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै वडा नं. ४ सल्यानको सल्यान स्वास्थ चौकी सल्यानमा औषधी उपचारमा समुदायको सहज पहुँचको लागी सामुदायिक औषधी कार्यक्रमको पनि आइतबार उद्घाटन गरिएको छ । र्दिघ रोगीहरुले नियमित प्रयोग गर्ने औषधी बाहीर किन्न जाने वाध्यता रहेको बेला आफ्नै नजिकैको स्वास्थ चौकीमा १० प्रतिशत छुटमा औषधी उपलव्ध भए पछी टाढा जानु पर्ने वाध्यता हटेकोमा स्थानीय खुशी भएका छन । सल्यान स्वास्थ चौकीलाई रु. एक लाख बराबरको औषधी वडा नं. ४ का वडा अध्यक्ष लिल बहादुर खत्रीलाई गाउँपालिकाका अध्यक्ष शर्माले हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष लिल बहादुर खत्रीको अध्यक्षता, बरेङ गाउँपालिका स्वास्थ संयोजक पदम बहादुर पुनको सन्चालनमा सम्पन्न भएको थियो । बरेङ गाउँपालिकामा आ. व. २०७७÷०७८ को स्वीकृत वजेट अनुसार ५ ठाँउमा स्वास्थ इकाई सेवा केन्द्रको स्थापना गरिएको छ ।