बरु कविता नै हुने थिएँ

0
167

काव्यता थापा
दुलियाजान

मलाई यो मानिसजातसँग घृणा छ
अनि घृणा छ यो देखावटी ढाँचाकाँचासँग
हुन त म पनि मानिस नै हुँ
तर मेरो आकाङक्षा पूर्ण भए
बरु म कविता नै हुने थिएँ ।

हुन त रंग रक्तको रातो नै हुन्छ
धड्किने मुटु सबैको एउटैनै हुन्छ
तर जात–पात र हिंसाको ढर्राले
मानिसका आँखालाई छोपी दिन्छन् ।

हुन त सबै नै ईश्वरका संतान हुन्
भन्न गए त विश्वका सबै मान्छे
एउटै परिवारका सदस्य हुन्
तर यो धन र झुटो सम्मानको ढर्राले
मानिसको मानवतालाई छोपी दिन्छ ।

भन्न गए त छोरा–छोरी, केटा–केटी
एउटै आमाका सृजना हुन्
तर किन छूत, पीडा, दुःख, दर्द, अत्याचार र
हेला जस्तो शब्द नै
आज पनि नारीको सृंगार बनी रहेको छ
हुन त महान भन्छन् तर आजसम्म नारीको
नारीत्व रक्षा गर्नु सकेनन्
यो मानिस जातको विजय होइन हार हो ।

यति पीडा यति ढाँचा ढर्रा
नाटक झैं मानिसको समाज हो
तर कविताको केही सीमा छैन
यसमा न जात–पातको भित्तो छ
न केटा न केटीको अभास छ ।
अनि ढोंगीसम्मको रेखा छ
त्यसो भएर स्व–इच्छा भए
मानिस न भएर बरु बविता नै हुने थिएँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here