बम विस्फोटनको जिम्मा चन्द समूहले लियो

0
22

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले मुलुकभर भएका विस्फोटनको जिम्मा लिएको छ । सरकार नागरिक स्वतन्त्रता, वाक स्वतन्त्रता र मानवअधिकारका विषयमा निरंकुश बन्दै गइरहेको भन्दै त्यस विरुद्ध आफ्नो पार्टीले सङ्घर्ष जारी राख्ने उल्लेख गरेको छ ।

सोमबार उक्त समूहका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारले गैरकानुनी, गैरराजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको गरेको आरोप लगाएका छन् ।

सरकारी दमन, गिरफ्तार, झुटा मुद्दा र हत्याले इतिहासमा कहिल्यै जनताको मुक्तिको आन्दोलन नरोकिने विज्ञप्तिमा उल्लेख छ । चन्दले यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार नेता/कार्यकर्ताहरूलाई बिना सर्त स-सम्मान रिहा गर्न जोडदार माग गरेको छ । साभारः कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here