कुवेत । महिलाहरुलाई विदेशिनु रहरले मात्र हुादैन कतिपय बाध्यता पनि हुन्छन् । गरिबी, भोक र रोगसाग परिवार जुधिरहेकाले पनि कैयौं महिलाहरु बाध्यता बस विदेशीन बाध्य हुन्छन् । यस्तै बाध्यतामा फसेकाहरुलाई शिकार बनाउाछन् मानवतस्करहरुले । मानव तस्करहरुले फाइदा लिंदै विभिन्न प्रलोभनमा पार्न सफल हुन्छन् । यस्तै यस्तै गरिबीसाग जुध्दै आएरहेको एक परिवारकी सदस्य दाङकी चेली निर्मला चौधरी बिक पनि तस्करको जालमा फसिन् । छोटो समयमा धेरै कमाउन सकिने छिटो सम्पन्न परिवार हुन सक्ने जस्ता लोभ देखाई दाङकै दलाल मार्फत दिल्ली हुादै अवैधानिकरुपमा कुवेत पुराएका थिइन् उनी ।
तर कुवेत आएपछी दलालले देखाएको सपना सबै भुठो सावित भयो । उनले सोंचे भन्दा ठिक विपरित कुवेतमा रहेका दलालद्वारा तिन महिनासम्म बन्द कोठामा बन्धक बनाई दु:ख कष्ट र मानसिक यातना नरकिय दिन बिताउनु पर्यो निर्मलालाई । न त उनलाई काममा लगाइदिने, न त नेपाल फर्किन दिने । ‘मलाई नेपाल फर्काइ दिनुस’ भनेर पटक पटक अनुरोध गर्दा आफूहरुले लगाएको लगानी फिर्ता नगरेसम्म नेपाल फर्काउन नसक्ने उनै दलालका मानिसहरुले जवाफ दिएको निर्मलाले बताइन् । “त्यसको अतिरिक्त दलालले विभिन्न धम्कीहरु दिनहुँ दिएर मानसिक तनाव दिइरहेका थिए” निर्मलाले भनिन् ।
यसै विचमा आफ्नो श्रीमानसँग सम्पर्क आएकी उनले आफु असुरक्षित भएको र उद्वारको लागि नेपालबाट पहल गर्न अनुरोध गरिन् । श्रीमतीको कहाली लाग्दो व्यथा सुनेर तनावमा परेका श्रीमान खलबिर बिकले निर्मलालाई उद्वार गरी सकुशल नेपाल ल्याउनको लागि पहल गरिदिन भन्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समितिमा निवेदन दिएका थिए ।
निवेदन र अन्तर्राष्ट्रिय एकता समाजको निर्देशनको आधारमा कुवैत नेपाली एकता समाजले नेपाली राजदुतावास कुवैतको विशेष सहयोगमा लामो संघर्षपछी उद्वार गरि उनलाई कुवेत ल्याउने दलालबाट टिकट उपलब्ध गराई गत २० अगस्त २०१८ का दिन इतिहाद एयरलाइन्स मार्फत सकुशल आफ्नो घरमा पुगेको खबर उनका श्रीमान खलविर बिकले जानाकारी दिएका छन् ।
पिडित निर्मलाका श्रीमानले दाङको जिल्ला प्रशासनमा आफु घरमा नभएको बेला उनलाई ललाईफकाई दलालले कुवेत पुराएर अत्याचार र मानसिक तनाव दिएको भन्दै उक्त व्यक्तिलाई कार्बाही गरि पाउँ भनि मुद्धा पनि दायर गरेकी छिन् ।
यस उद्वार कार्यमा नेपाली राजदुतावासले देखाएको चासो र अभिभावकिय जिम्मेवारी निर्वाह गरेकोप्रति सिंगो कुवेत नेपाली एकता समाजले हार्दिक धन्यावाद तथा आभार प्रकट गर्दछ ।