बनभोज कार्यक्रमको अवसरमा महिला भेला सम्पन्न

0
177

माघ ६, चितवन । अखिल नेपाल महिला संघ चितवन जिल्ला समितिको भेला सम्पन्न भएको छ । एसोधा शर्माको संचालन, चन्द्रकला केसीको अध्यक्षमा सहिदहरुप्रति १ मिनेट मौनधारणा पश्चात देबि शर्मा र रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले स्वागत गरेका थिए ।
संघ कि केन्द्रीय महासचिव सरस्वती पौडेल, राजमो केन्द्रीय सदस्य डम्मरपुरी, तारा पौडेल र नेकपा मसाल चितवन जिल्लाका प्रवक्ता क. मोहनमणि ढकालको अतिथि आसन ग्रहण पछि भेलाको उद्घाटन महासचिव सरस्वती पौडेलले गर्नु भएको थियो ।

उद्घाटन मन्तव्यमा पौडेलले महिला हकहित, अधिकार, देशको वर्तमान अबस्था र महिलाले भोग्नु परेका समस्या लगायतका बिषयहरुमा प्रष्ट्याउनु भएको थियो ।

भेलाद्वारा साबित्री रेग्मीको अध्यक्षमा १३ पुर्ण ३ सल्लाहकार १६ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– चन्द्रकला क्षेत्री, सचीवमा कुमारी पौडेल, सहसचीवमा उमा चालिसे र कोषाध्यक्षमा बिमला शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः गुमा सुवेदी, हरिकला सुवेदी, माया पौडेल, बिष्णु शर्मा, सीता आचार्य, सीता क्षेत्री, देबि शर्मा र राधिका नौपाने रहनुभएको छ । त्यस्तै सल्लाहकारमा मान कुमारी पौडेल, तारा पौडेल र एसोधा शर्मा रहनुभएको छ ।

नब निर्बाचित समितिलाई के.स. डम्मर पुरी, तारा पौडेल, सरस्वती पौडेल, मोहनमणि ढकालले बधाई तथा शुभकामना दिनुभएको थियोे ।

भेलामा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष तथा जनवादीगायक जीवन शर्मा र निलिमा पुन लगायतका केन्द्र र जिल्लाका कलाकारद्वारा बिबिध जनवादी गित नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम चितवन देवघाट नजिक जोरकुसुम पार्कमा रक्तिम साँस्कृतिक अभियान र अखिल नेपाल महिला संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न पारिएको थियो । सोही अवसरमा बनभोज कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here