बगिचा बनाउँ

0
275

सुरेशकुमार पाण्डे

बिषालु झारलै जिलाएर शुन्दर बगिचा बनाउँ,
सयौँ फूलको माला मिलाएर बगिचा बनाउँ

फूलैफूलको बगिचा हिमाल पहाड तराईलाई,
एकताको अमृत सबैलाई पिलाएर बगिचा बनाउँ

पुर्खाको महाँन ईतिहास कायम राखी वीरहरु,
दुश्मन लुकेका किल्ला हिलाएर बगिचा बनाउँ

मर्नुता एकदिन सबैलेपर्छ कालसँग भागिंंदैन,
देशको हितमा पाइला मिलाएर बगिचा बनाउँ

हुन्छन् केही ससाना झैझग्डा एउटै संतानमा,
फाटेका आफ्ना मनलै सिलाएर बगिचा बनाउँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here